दागवत्ति दिने छोरो अस्पतालमा, बुबाआमा र हजुरआमाको कोरोनाबाट मृत्यु

<span class='c1'>दागवत्ति दिने छोरो अस्पतालमा, बुबाआमा</span> <span class='c2'>र हजुरआमाको कोरोनाबाट मृत्यु</span>

विराटनगर । कोरोनाले परिवारलाई नै संक्रमित मात्रै नभई पालैपालो मृत्युको मुखमा पु¥याएपछि विराटनगर–१ एउटा परिवारको पीडा कहालीलाग्दो बनेको छ । घर भित्रैका तीनजना अभिभावकको मृत्यु भएपछि आफन्त र छिरछिमेकमा समेत सन्नाटाको स्थिति सिर्जना भएको छ ।

तीन जनाको मृत्यु भईसकेको घरमा छोराको समेत अहिले अस्पतालमा उपचार भईरहेको छ । मृत्यु भएका हजुरआमा, बुबा र आमालाई दागवत्ति दिने छोरा समेत अस्पतालमा उपचाररतः रहेका हुन् ।
चारजना अस्पतालमा भर्ना भएकामध्ये ६२ वर्षीय बुबा, ८१ वर्षीय हजुरआमा र ५९ वर्षीय आमाको पछिल्लो चारदिन यता निधन भएको आफन्त अरुण न्यौपानेले जानकारी दिनुभयो । भाई पनि अस्पतालमा छ, उसकी श्रीमतीसहित दुई बच्चालाई इटहरीस्थित माइती-मावलीमा राखेका छौं, न्यौपानेले भन्नुभयो–आफन्त र छिरछिमेकले अन्त्येष्टि गरेका थियौं ।

विराटनगर–१ का ढुंगाना परिवार भित्र यस्तो असह्य पीडाको स्थिति कोरोनाकै कारण सिर्जना भएको थियो । दुईदिन अगाडी भान्दाजुको निधन भयो, अस्ती बेलुका फुपुको र हिजो बिहान १ बजे भाउजुको निधन भएको खबर आयो, नेपाली काँग्रेस विराटनगर महानगरका कार्यवहाक सभापति समेत रहनु भएका न्यौपानेले भन्नुभयो–नागरिकलाई सहनै नसक्ने पीडा छ तर सरकार देशमा छैन । अक्सिजनको हाहाकार भईरहेको छ, नागरिकको स्वास्थ्य जोखिममा हुँदा सरकारविहीन देश भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्