बेलबारी नगरका किसानका घरमा अष्ट्रेलियाका बोयर

बेलबारी नगरका किसानका घरमा अष्ट्रेलियाका बोयर

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले अष्टे«लियाबाट ल्याएर किसानहरुलाई बोयर जातको बाख्रा बितरण गरेको छ । कोरोनाको महामारीकैबीच नगरपालिकाले कृषक समूह तथा ब्यावसायिक फर्महरुलाई बाख्राका पाठापाठी बितरण गरेको हो ।

उन्नत जातका बाख्रापालनबाट किसानलाई लाभ दिलाउने उद्देश्यले ५२ ओटा पाठा र ३८ पाठी बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताउनुभयो । एक करोड २५ लाख मूल्य खर्च गरेर नगरपालिकाले अष्टे«लिया बाट चार्टर गरी बाख्रा ल्याएको थियो ।
किसानहरुलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अष्ट्रेलियाबाट ल्याएर पाठापाठी बितरण गरिएको नगर प्रमुख सुबेदीको दावी छ । बेलबारीलाई बोयर बाख्राको पकेट क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिएएको सुवेदीले बताउनुभयो ।

समूह तथा र्फमहरुलाई सर्त नै राखेर बितरण गरिएको छ । अनुदानमा दिएका बाख्राहरु बिक्री गर्न नपाउने सर्त राखेर बितरण गरिएकोे प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहाले बताउनुभयो । तिनै बाख्राका पाठापाठीबाट उत्पादन बढाउने लक्ष्य लिएको हो । नगरपालिकाले बोयर बाख्रा पाठा अनुदानमा दिनका लागि कार्यविधिनै बनाएको थियो ।
यो जातको बाख्राले दाना, पानी र स्थानीय स्तरमा पाईने सबै घाँस खाने भएकाले यतिबेला कृषकहरुको ध्यान उक्त बाख्रापालनमा गएको छ । थोरै समयमा धेरै नाफा दिने भएपछि कृषकहरुमा समेत बोयर प्रतिकोमोह बढिरहेको छ । अन्य जातको बाख्रा भन्दा बोयरले छिटो सयमा फाइदा दिने पशुप्राविधिकहरु बताउछन ।

बाख्राका पाठापाठी पाएपछि कृषकहरु समेत खुसि भएका छनर । अष्ट्रेलियलाई बोयरको प्रजनन् केन्द्रका रुपमा मान्ने गरिन्छ बेलबारीमा ब्याबसायिक बाख्रा पालन गर्दै आएका किसान राजन गोर्खालिले भने यसले आय आर्जनमा ठुलो राहत मिल्ने छ । माछा दुध तथा अन्डामा आत्म निर्भर भइसकेको नगरपालिकाले मासुमा समेत आत्म निर्भर बनाउने जनाएको छ । निशेधाज्ञाको सयमा भिडभाड बढ्ने भएपछि नगरपालिकाले समुह तथा फर्ममा लगरे पाठापाठी छोडिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्