मोरङको रतुवामाईबाट भारत तस्करी हुन लागेको २३ ड्रम डिजेल बरामद

मोरङको रतुवामाईबाट भारत तस्करी हुन लागेको २३ ड्रम डिजेल बरामद

रंगेली । सशस्त्र प्रहरीले मोरङको रतुवामाई नगरपालिका वडा नं. ४ बाट २३ ड्रम डिजेल बरामद गरेको छ । एउटा मिनीट्रकमा ५ हजार ७ सय लिटर डिजेल भरिएका २३ वटा ड्रम प्रहरीले नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल ३ नम्बर गण टंङ्कीसिनवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले डिजेल बोकेको मे१ख १५०९ नम्बरको ट्रक बरामद गरेको थियो । नेपाल आयल निगम र पेट्रोलपम्प सञ्चालकबीचको मिलेमतोमा इन्धन भारततर्फ तस्करी गरेको खुलेको छ । यस अगाडी सुनसरीबाट मिलेमतोमा इन्धन तस्करी भईरहेको थियो ।

सशस्त्र प्रहरी उपरीक्षक तीर्थ पौडेलले ड्रममा डिजेल भरेर मिनीट्रकमा हालेर भारततर्फ लैजान लाग्दा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन् । डिजेल र गाडी आइतबार विराटनगर भन्सारमा बुझाइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्