प्रदेश १ मा ९९५ जना संक्रमणमुक्त, ७०१ संक्रमित थपिए

प्रदेश १ मा ९९५ जना संक्रमणमुक्त, ७०१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ९९५ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३४६ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४३१ महिला र ५६४ पुरुष संक्रमणमुक्त भएका छन् । हालसम्म कुल ३५ हजार ५३२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७०१ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा २०६, झापामा २०५, सुनसरीमा १२१, धनकुटामा ५५, संखुवासभामा ४०, खोटाङमा १३, इलाममा ८, उदयपुरमा ५, पाँचथर र भोजपुरमा ३–३, ते¥हथुममा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६७ महिला र ७८ पुरुष सहित १४५, सुन्दरहरैचामा २५, कटहरीमा ११, बुढीगंगामा १०, बेलबारीमा ४, मिक्लाजुङ र ग्रामथानमा २–२,पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, उर्लाबारी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ५८, विर्तामोडमा ३९, भद्रपुरमा २३, अर्जुनधारामा २१, शिवसताक्षीमा ११, कनकाईमा १५, मेचीनगरमा १२, बुद्धशान्तिमा ८, बा¥हदशीमा७, गौरीगञ्ज र कमलगाउँपालिकामा३–३, कचनकवल र स्थानीयतहनखुलेका २–२, गौरादहमा १ , सुनसरीको धरानमा ५३, इटहरीमा ४३, दुहवीमा ६, बर्जुमा ५, इनरुवा र बराहक्षेत्रमा ४–४, रामधुनीमा ३, गढी र स्थानीयतहनखुलेका२–२ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको शहिदभूमीमा २०, धनकुटा नगरपालिकामा १९, महालक्ष्मीमा ८, पाख्रिवासमा ५, छथरमा २ र स्थानीयतहनखुलेका १, संखुवासभाको पाँचखपनमा २०, खाँदबारीमा १३, धर्मदेवीमा ४, सिलिचोङ, मकालु र सभापोखरीमा १–१, खोटाङको खोटेहाङमा १२ र स्थानीयतहनखुलेका १, इलामको इलामनगरपालिका र चुलाचुलीमा २–२, माई, सुर्योदय, माङ्सेवुङ र स्थानीयतहनखुलेका १–१, उदयपुरको त्रियुगामा ३, स्थानीयतहनखुलेका २, पाँचथरको फिदिममा २ र स्थानीयतहनखुलेका १, भोजपुरको भोजपुर नगरपालिकामा ३, ते¥हथुमको लालीगुराँसमा२, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ५६हजार ३७७पुगेको छ । सक्रिय संक्रमितको संख्या १९हजार ९८७पुगेको छ । प्रदेश १ माआज १ हजार ८७४जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २९१ महिला र ४१० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्