अत्तालिएर नोबेलको दुईतलाबाट हाम फाले संक्रमित, खुट्टा भाँचिएका उनको थप उपचार हुँदै

अत्तालिएर नोबेलको दुईतलाबाट हाम फाले संक्रमित, खुट्टा भाँचिएका उनको थप उपचार हुँदै

विराटनगर । कोरोना संक्रमण पोजेटिभ भई उपचारका लागि नोबेल मेडिकलमा भर्ना भएका एकजना संक्रमितले हामफालेर आत्माहत्याको प्रयास गरेका छन् । गत शुक्रबार नोबेलको दुईतलामाथि कोभिड वाडबाट विराटनगर–१२ का ३१ वर्षीय युवाले हाम फालेका हुन् ।

आसपासका संक्रमितको मृत्यु भएको देखेर अत्तालिएका उनले दुईतलाबाट हाम फाल्दा खुट्टा भाँचिएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
संक्रमितसँगै दुर्घटनाका घाइते भएका उनको अहिले नोबेलमै उपचार भईरहेको दाहालले बताउनुभयो । कोभिड वाडमै उपचार भईरहेको छ, प्रवन्धक दाहालले भन्नुभयो–डिप्रेसनका विरामी पनि रहेछन् उनी ।

अस्पतालमा भएको दुर्घटना बारे प्रहरीलाई भने जानकारी गराइएको छैन । नोबेलमा बस्ने प्रहरीको फोर्सले समेत माथिल्लो निकायलाई जानकारी गराएको छैन । मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले घटनाको विषयमा कुनै जानकारी नै नभएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्