जेसिजद्वारा फ्रन्टलाइनरहरुको मनोबल बढाउन साताव्यापी कार्यक्रमको घोषणा

<span class='c1'>जेसिजद्वारा फ्रन्टलाइनरहरुको मनोबल बढाउन</span> <span class='c2'> साताव्यापी कार्यक्रमको घोषणा</span>

बिराटनगर जेसिजले कोभिड १९ माहामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी ,प्रहरी , पत्रकार , सफाइकर्मी लागायतको मनोबल बढाउने साताव्यापी कार्यक्रमको घोषणा गरेको छ। यहि जेष्ठ १६ देखि २१ सम्म आयोजना हुने कार्यक्रममा सुरक्षाकर्मीलाई खाजा तथा कोसेली बितरण , फ्रन्टलाइनर संचारकर्मी लाई स्वास्थ कोसेली बितरण , बिराटनगर माहनगरपालिकाको आइसोलेसनमा रहेका कर्मचारी तथा कोरोना सन्क्रमितलाई पौष्टिक आहार बितरण , बिराटनगरमा अभियान चलाइरहेको समुहलाइ राहत सामग्री हस्तान्तरण ,कोभिड १९ उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई खाजा बितरण ,प्राथमिक स्वास्थकेन्द्रमा स्वास्थ्य सामाग्री हस्तान्तरण र यस माहामारीको बेलामा अग्रपंक्तिमामा रहेर काम गरि रहेका स्वास्थ्यकर्मिको सम्मानमा घरघरमा राष्ट्रियगान सहित दिपावली कार्यक्रमको आयोजना गरिने बिराटनगर जेसिजका अध्यक्ष प्रदिप दाहालले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डमा रहि कार्यक्रम सन्चालन गरिने बिराटनगर जेसिजका कार्यकारिणी उपाध्यक्ष पंकज सापकोटाले जानकारी दिए।

जेसिजका आफ्नै सदस्यहरु पनि संक्रमणको चपेटामा परेर घरमा आइसोलेसनमा रहि रहेको र समाजमा यस संक्रमणले धेरै नै असर पारी रहेको अवस्थामा थोरै भए पनि फ्रन्ट लाइनमा रहेर जनताको सुरक्षामा खटिएका कर्मचारिको मनोबल बढाउने कुरामा आफुहरु बिश्वस्त रहेको बिराटनगर जेसिजका तालिम निर्देशक अभिनास थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्