नाम नै नुखुलेको फार्मेसीको ब्रम्हलुट , हस्पिटल बसेको १८ दिनमा पन्जाको मात्र ५५ हजार

नाम नै नुखुलेको फार्मेसीको ब्रम्हलुट , हस्पिटल बसेको १८ दिनमा पन्जाको मात्र ५५ हजार

प्रेम देवान
विराटनगर । विराटनगरको एउटा फार्मेसीले उपचार गराउन आएका एक विरामीलाई हस्पिटल बसेको १८ दिनमा हातमा प्रयोग गरिने पञ्जा (ग्लोब्स) को मात्रै ५५ हजार रुपैँयाको विल थमाई दिएको छ । सिराह जिल्लाको गोलबजार नगरपालिका १३ का विन्देश्वर पासवान विराटनगरमा रहेको गोल्डेन हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । विष खाएका उनको उपचारका क्रममा ग्लोब्सको मात्रै ५५ हजार रुपैँया बिल बुझाउनु परेको हो ।

फार्मेसीले १८ औं दिनमा ४६ प्याकेट ग्लेोब्स खरिद गरेर लगेको बिल बनाएको छ । अस्पतालमा भर्ना हुँदा उनले हस्पिटल बाहिर रहेको नाम नै नखुलेको पसलबाट औषधी खरिद गरेका थिए । सामन्यतः े एक दिनमा एक प्याकेट प्रयोग हुने ग्लोब्स दैनिक ६ प्याकेटसम्म प्रयोग गरिएको छ । अस्पतालका चिकित्सकले पुर्जामा लेखेको भन्दा बढी परिमाणको ग्लोब्स बिरामीका लागि आफन्तले खरिद गरेको देखाइएको छ । एक प्याकेटमा ५० जोर अर्थात एक सय पिस पन्जा हुन्छ । फार्मेसीबाट एक दिनमा ६ वटा प्याकेट अर्थात् ६०० पिस खरिद गरिएको देखाइएको छ । एउटा बिरामीका लागि एकदिनमा ३ सय जोर अर्थात ६ सयवटा पन्जा प्रयोग भएको देखिन्छ ।

शंकर यादवले संचालन गरेको फार्मेसीको नाम भने उल्लेख छैन । हाल उनीहरुले प्रयोग गर्दै आएको विल नोवेल हस्पिटल बाहिर रहेको एक औषधी पसलको नाममा काटिने गरिएको छ । अस्पतालबाट डिस्चार्ज हुनेबेलामा औषधी पसलबाट आफुहरुको विल कति भएको छ भनि बुझ्न जाँदा आफुहरुलाई अस्पतालमा लागेको खर्चभन्दा बढी औषधी पसलवालाले लिएको विरामीका छोरा गरदिप कुमार पासवानले आवर विराटनगरलाई बताए । आफुहरुलाई उक्त फार्मेसीमा औषधी खरिद गर्नको लागी सिरहाबाटै आएको एमुलेन्सले सम्पर्क गराई दिएको उनले बताए । विरामीलाई भर्ना गरेको पहिलो दिनमा नै औषधी पसलले ३५ हजार डिपोजिट गर्न भनिएको थियो । सोही बमोजिम उनीहरुले पैसा पनि तिरे तर आफुहरुले पैसा तिरेको आधिकारीक रकमको विल माग्दा पनि नदिएर एउटा कागजमा लेखेर दिएको विरामीका छोरा गरदिपले बताए ।

आफुहरुलाई अझै २ लाख ७० हजार तिर्न दबाव दिएको विरामीका आफन्तले बताए । उता डिपोजिट गरेको ३५ हजार र २ लाख ७० हजार जम्मा ३ लाख ५ हजार औषधीको मात्र विल भएकोमा जसमध्ये पन्जाको माात्र ५५ हजारको विलले देखिएको छ । यता गोल्डेन अस्पतालका प्रवन्धक ज्याउल हकले भने औषधी पसलले अचम्मकै बिल बनाएको भन्दै आश्चर्य प्रकट गरेका छन् ।
अस्पतालमा लागेको रकम भन्दा औषधी पसलमा कसरी यति धेरै रकम हुन सक्छ भनेर आफै अचम्मित भएको बताए । हामीले विरामीका आफन्तलाई अस्पतालको आधिकारिक प्याडमा औषधीको नाम लेखेर पठाउने गरेका छौ उनले भने,अस्पतालमा ८ दिन भेन्टिलेटर र अन्य दिन जनरल वेडमा बसेको जम्मा २ लाख ६ हजाार भएकोछ ।

नाम नै नखुलेको फार्मेसीका संचालक शंकर यादवलाई विरामीका आफन्त माथी किन यसरी प्रयोग नै नभएको औषधीको विल गरेको भनेर सोध्दा आफु पसलमा नभएको मौकामा स्टाफले गलत गरेको भन्दै पन्छिन खोजे । पसलको नाम र बोर्ड चाही लकडाउनले गर्दा अहिले नभ्याएको सुनाए । यता औषधी व्यावस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कटेलले आस्पतलाका चिकित्सकले लेखिएको पुर्जाभन्दा बाहिर गएर औषधीको परिमाण थपेको छ भने ठगी तथा कालोबजारी एेन अन्र्तगत कारबाही हुने बताए । यादवले संचालन गरेको फार्मेसी दर्ता भएको वा नभएको बारे थप अनुसन्धान गर्ने कटेलले बताए । औषधी व्यावस्था विभागमा दर्ता नभएको भेटिए कानुनी प्रकृया अनुसार कारबाही गरिने कटेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्