विराटनगरमा अझै ५,४४७ जना सक्रिय संक्रमित

विराटनगरमा अझै ५,४४७ जना सक्रिय संक्रमित

विराटनगर । विराटनगर महानगरपालिकामा कोरोनाको सेकेण्ड भेरियन्टबाट मात्रै १०५ जनाको मृत्यु भईसकेको छ । गत चैत ३१ गतेयता महानगरपालिका भित्र ७ हजार ९५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ हजार ५०६ जना निको भएका छन् । महानगरमा सोमबारसम्म ५ हजार ४४७ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५३०० जना होम आईसोलेसशनमा रहेका छन् । सोमबार १४४ जना नयाँ संक्रमित थपिएका छन् भने चारजनाको मृत्यु भएको छ ।

महानगरको कोभिड शाखाले जारी गरेको दैनिक प्रतिवेदनमा दुईजनाको मृत्यु भएको उल्लेख गरिएको भएपनि अस्पतालबाट आधिकारिक कागजात आईनपुगेका थप दुईजनाको समेत मृत्यु भएको जानकारी गराइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्