लागुऔषध बोकेर नेपाल छिरेका भारतीय नागरिक पक्राउ

लागुऔषध बोकेर नेपाल छिरेका भारतीय नागरिक पक्राउ

विराटनगर । सुनसरी कोशी गाऊपालिका ३ नहर चोक स्थितबाट लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहार का २८ बर्षीय मजरुल हक रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बेलुका साढे ३ बजे पक्राउ गरेको थियो ।
उनको साथबाट डाईलक्स डिसि ५०२ थान, नाईट्रोसन २०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २८८ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ । निषेधाज्ञाको समयमा भारतबाट नेपालमा लागुऔषध बोकेर आएका उनको सम्पर्कका व्यक्तिहरुको बारेमा प्रहरीले थप खोजि कार्य गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्