प्रहरीले कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मी तथा चिकित्सक आन्दोलित, ज्यान बचाउनेलाई सुरक्षा दिनेबाट ज्यादती भएको गुनासो

प्रहरीले कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मी तथा चिकित्सक आन्दोलित, ज्यान बचाउनेलाई सुरक्षा दिनेबाट ज्यादती भएको गुनासो

विराटनगर । कोशी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
कोरोना संक्रमणको बेला सुरक्षाको जिम्मेवारीमा बसेका प्रहरीले स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध लाठी प्रहार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । नेपाल चिकित्सक संघ कोशीको अगुवाईमा बुधबार अस्पताल परिसरमा प्रहरीले ज्यादती गरेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षाको माग गरेका हुन् ।

संघका कोशी अध्यक्ष डा.फरवार्ड सिलवालले ज्यान बचाउन खटिने स्वास्थ्यकर्मीमाथि सुरक्षा दिन बसेका प्रहरीले अमर्यादित तवरले कुटपिट गर्नु गम्भीर विषय भएको बताउनुभयो ।
कुन अवस्थामा आईरहेको व्यक्ति हो भनेर सामान्य सोधपुछ र पहिचान लिनुपर्दथ्यो, संघका अध्यक्ष सिलवालले भन्नुभयो–त्यसरी अन्धाधुन्ध लाठी बर्साएर तर्साएरपछि निर्वाध रुपमा काम गर्न सकिदैन । चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ध्यानाकर्षण गराउने भएका छन् ।

उनीहरुले लाठी हान्ने प्रहरीलाई तत्काल कारवाहीको प्रक्रिया बढाउनु पर्ने माग समेत गरेका छन् । मोरङ प्रहरीले घटनाको अनुसन्धानका लागि छानविन समिति बनाउने र डिउटीबाट कुटपिटमा संलग्न प्रहरीलाई हटाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्