इटहरी । विश्वव्यापी रुपमा फैलिएको संक्रामक रोग कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञा उल्लंघन आरोपमा इटहरी प्रहरीले ७०४ जनालाई नियन्त्रण गरि जरिवाना असुल गरेको छ । निषेधाज्ञा ककार्यन्वयनको क्रममा बैशाख १७ गतेदेखि जेठ १९ गते भित्रको अवधीमा इटहरीका बिभिन्न स्थानहरुवबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा पर्नेमध्ये ६८१ जनालाई यस कार्यालय मार्फत संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम जनही रु.१००् जरिवाना गरिएको छ । जसबाट ६८ हजार १०० राजश्व संकलन गरिएको छ । अन्य २३ जना मानिसहरुलाई कोभिड-१९ संकट व्यावस्थापन अध्यादेश २०७८ को दफा २१ बमोजिम जिल्ला प्रशासन कार्यालय सुनसरीले तीन हजारदेखि सात हजार रुपैँयासम्म जरिवाना असुल गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिनुभयो ।