कोरोनाबाट मृत्यु हुनेको संख्या ९२५ पुग्यो, पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या ९२५ पुग्यो, पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा बुधबार २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टायता ९ जना महिला र १३ जना पुरुषको मृत्यु भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक सबैभन्दा बढी मोरङमा ८ जनाको मृत्यु भएको छ । यस्तै झापामा ५, सुनसरीमा ३, धनकुटामा २, उदयपुरमा १ र अन्य जिल्ला नखुलेका ३ जनाको मृत्यु भएको हो । प्रदेश १ मा हालसम्ममा मृत्यु हुनेको संख्या २७५ महिला र ६५० पुरुष गरी ९२५ पुगेको छ ।

प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ४३० पुगेको छ भने कोरोना संक्रमितको संख्या भने ५९ हजार ४६० पुगेको छ । सक्रिय संक्रमितको संख्या अझै २० हजार १०५ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८०२ जनाको पीसीआर परीक्षण गरिएकामध्ये २९९ महिला र ४१९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्