संक्रमितहरुलाई नि:शुल्क अनलाईन परामर्श दिदै क्युरा हेल्थ एप

<span class='c1'>संक्रमितहरुलाई नि:शुल्क अनलाईन परामर्श</span> <span class='c2'>दिदै क्युरा हेल्थ एप</span>

कोरोना भाईरस संक्रमण भई घरमै आईशोलेसनमा बसिरहेका व्यक्तिहरुका लागि क्युरा हेल्थ मोबाईल एप्लिकेशनले निशुल्क टेलिमेडिसिन सुविधा ल्याएको छ ।
अहिले सजिलै एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने संक्रामक कोभिड १९ महामारीका कारण घरबाट निस्कनु अत्यन्त जोखिमपुर्ण हुन सक्छ । यस्तो अवस्थामा कोभिड १९ संक्रमितहरुलाई सहजता दिने गरि क्युरा हेल्थ एपले उक्त सेवाबाट अनलाईन मार्फत नै घरमै बसेर डाक्टरलाई जचाँउन सकिने र स्वास्थ्य परीक्षण गराउन सकिने टेलिमेडिसिन सेवा ल्याएको हो ।

घरमै आईसोलेट भएर बसिरहदा पनि चिकित्सक सँग खानपानको योजना, शारिरिक व्यायम, मनोचिकित्सक परामर्श तथा औषधीसम्बन्धि जानकारी लगायतका विषयका लागि डाक्टरसँग सल्लाह लिनु पर्दा यो एपले कुनै शुल्क लिने गरेको छैन र यस कार्यका लागि कोभिड १९ रोगमा स्पेसलाइज्ड भएका ४० भन्दा बढि चिकित्सकहरुले स्वयमसेवा गर्दै आएका छन् । विराटनगरबाट सुरु भएको भएपनि यो एप्लिकेशन मार्फत देशको जुसुकै स्थानबाट पनि सेवा लिन सकिन्छ ।

साथै यस अघि नेपालमा टेलिमेडिसिनका नाममा डाक्टरको फोन नम्बरमात्र उपलब्ध गराउने गरेको र सो नम्बरहरु बिरलै उठ्ने गरेको बताउदै आफुहरुले यो समस्याको समाधानका लागि आफुहरुले यो सेवा सुरु गरेको क्युरा हेल्थले दाबि गर्दछ । क्युरा हेल्थको अनुसार चिकित्सक आफैले रोजेको समयमा उहाँहरुको समय उपलब्धता देखाउने र सोहि अनुसार मोबाईल एप्लिकेशनबाटै डाक्टरको समय लिन सक्ने र सोहि समयमा चिकित्सक सँग परामर्श लिन सकिन्छ ।

कोभिड १९ को निशुल्क टेलिमेडिसिनबाहेक क्युरा हेल्थ एप्लिकेसनमा नेपाल भरिका २५ बढी विभागको बिशेषज्ञता भएको २ सय भन्दा बढी चिकित्सकहरुसँग सशुल्क अनलाईन परामर्श लिन सकिन्छ । साथै विराटनगरका २५ बढी अस्पताल र क्लिनिकका चिकित्सक सँग ओ.पि.डि सेवाका लागि अनलाईनबाट समय लिन सकिने व्यवस्था क्युरा हेल्थले गरेको छ ।

महामारीमा बाहिर हिड्नु पर्ने बाध्यतालाई कम गर्ने मात्र नभई क्युरा हेल्थको मोबाईल एप्लिकेशनले घण्टौ लाईनमा बसेर पुर्जी काट्नु पर्ने झन्झट र डाक्टरलाई समयमा भेट्न नसक्ने समस्याको लागि अनलाइनबाटै एपोइन्टमेन्ट लिएर अनलाइनबाटै परामर्श लिने सुविधा ६ महिना अघिबाट सुरु गरेको हो ।

क्युरा हेल्थको एप्लिकेसन गूगलको प्ले स्टोरएप्पलको एप स्टोर मार्फत डाउनलोड गरि आवश्यक बिवरण हालेर दर्ता गरि प्रयोग गर्न सकिन्छ । कोभिड १९ को निशुल्क सेवा लिन चाहनेहरुले पनि एप डाउनलोड गरि दर्ता गरिसकेपछि Covid19 Emergency मा थिचेर आफुले इच्छाएको चिकित्सक र उपलब्ध समय छानेर सो समयमा निशुल्क परामर्श लिन सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्