कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिकाका मृगौला पिडित रमेश कुमार थारुले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछी सहयोगको अपिल गरेका छन्। कानेपोखरी ५ भौसाबारी निवासी २९ बर्षिय थारुले थप उपचारका लागि आफ्नो आर्थिक स्थिति कमजोर भएका कारण उपचारका लागि सबैमा आर्थिक सहयोगको अपिल गरेका हुन ।
गत बैशाख २० गते आफ्नो शरिरमा समस्या देखा परेपछि चेक जाँच गर्न अस्पताल पुग्दा उनको मृगौलामा समस्या रहेको थाहा भएको हो ।
दैनिक ज्याला मजदुरी गर्दै आफ्नो गुजारा चलाउदै आएका छन् । थारुको ८ जनाको परिवार उनकै ज्याला मजदुरीबाट पालिएको उनले दुखेसो सुनाए । आफु बिरामी परेपछि परिवारका अन्य सदस्यहरुको बिहान बेलुकाको छाक टार्न समेत समस्या भएको थारुले बताए ।
अहिले सम्म उपचारका क्रममा १ लाख रुपैया खर्च भएले अब थप उपचारका लागि आर्थिक अभाव भएकाले आर्थिक सहयोग जुटाइदिन उनले सहयोगी मनहरुलाई अपिल गरेका छन । थारुलाइ आर्थिक सहयोग गर्न चाहने सहयोगी हातहरुका लागि NIC ASIA बैंकको D 302015696152401 खाता नं. मा आर्थिक सहयोग गरि दिन अनुरोध गरिएको छ ।