जहदामा घरघरमै पुगेर एन्टीजेन परीक्षण

जहदामा घरघरमै पुगेर एन्टीजेन परीक्षण

विराटनगर । कोरोना संक्रमितको संख्या समुदायस्तरमा दिनप्रतिदिन बढन थालेपछि मोरङको जहदागाउँपालिका वडा नंः ३ ले संक्रमितको घर दैलोमा पुगी सम्भावित लक्षण भएका व्यक्तिहरुको एन्टीजेन परीक्षणको सुरु गरेको छ । वडाले कोरोना संक्रमितबाट मृत्यूवरण गरेका घर परिवारमा पुगेर अन्य सदस्यको एन्टीजेन परीक्षण तथा विपन्न परिवारलाई खाद्यन्न सामाग्री समेत वितरण सुरु गरेको हो ।

जहदा गाउँपालिकामा कोरोना भाईरस संक्रमितको संख्या अध्याधिक बढन थालिएपछि वडा कार्यालले कोरोना भाईरस न्यूनीकरण गर्ने उदेश्यले प्रत्येकको घरदैलोमा पुगेर एन्टीजेन परीक्षण गर्न थालेको छ । जहदा गाउँपालिका वडा नंः३ का वडाअध्यक्ष अनिलकुमार ठाकुरले नागरिकको सहजताका लागि घरदैलो कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो ।

एन्टीजेन परीक्षणको परिणाम पोजेटिभ आएमा तर समान्य लक्षण भएकाहरुलाई वडाको आइसोलेशनमा राखिने र गम्भीर भएका सुविधा सम्मपन्न भएको ठाउँमा पु¥याउन एम्बुलेन्श सहित उपचारको सम्पूर्ण व्यवस्था वडाले मिलाउने उहाँले बताउनुभयो । गाउँपालिकामा गठित स्वास्थ्य उदार टोलीले प्रत्येक नागरिकहरुको घरदैलोमा पुगेर र एन्टीजेन परीक्षण गर्दै आएको छ ।

स्वास्थ्य चौकी भाथिगछका प्रमुख शुभास नेपालले कोरोनाको दोस्रो कहरकोवेला नागरीकहरुलाई सचेत गराउने उदे्श्यले राहात रऔषधि लिएर संक्रमितहरुको समस्या बुझ्न र एन्टीजेन परीक्षण गर्न घरदैलोमा टोलि खटिरहेको बताउनुभयो । वडामा कोरोना संक्रमितबाट २ जनाले ज्यान गुमाइसकेका छन् । मृतहरुको क्रिया गर्न मृतकका परिवारहरुलाई वडाअध्यक्ष ठाकुरले व्यक्तिगत जनही ५ हजार रुपैयाँका दरले र वडाबाट खाद्यन्न उपल्ब्ध गराईदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्