विराटनगर । ‘हुनेले दिनुहोस नहुनेले लिनुुहोस’ भन्ने मुल नाराका साथ विराटनगर ३ र ४ मा रहेकोे पिपल चौक युवा समूहद्धारा विपन्न वर्गका पविारलाई राहत वितरण गरिएको छ । दैनिकी ज्यालादारी तथा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अतिविपन्न परिवारलाई समूहले दोस्रो पटक राहत सामाग्री वितरण गरेको हो ।
लामो समयको निषेधाज्ञाको कारण ज्यालादारी मजदुरी गर्नेहरुलाई बिहान बेलुका छाक टार्ने समस्या भएका १ सय घर धुरीलाई खाद्यन्न सामाग्री विरतरण गरेको सोही समुहका अजय ओझाले जानकारी दिनुभयो । खाद्यन्न सामाग्री वितरण कार्यक्रममा नेपाली काग्रेस प्रदेश १ प्रदेशसभाका प्रमुख सचेतक तथा सांसद केदार कार्की, वडा अध्यक्षद्वय विनोद बस्नेत, देवेन्द्र पोखरेल, सुचि चौधरी, कृष्ण कार्की लगायत सो समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।