विराटनगर एयरपोर्ट रोड दुर्घटना : चालक पहिचान भएपनि प्रहरीले पक्राउ गरेन, सिसी टिभी फुटेज र कारमा रहेका अन्यसँग सोधपुछ भईरहेको दावी

<span class='c1'>विराटनगर एयरपोर्ट रोड दुर्घटना : चालक पहिचान भएपनि प्रहरीले पक्राउ गरेन,</span> <span class='c2'>सिसी टिभी फुटेज र कारमा रहेका अन्यसँग सोधपुछ भईरहेको दावी</span>

विराटनगर । घटनास्थलमै एकजनाको मृत्यु र अर्का एक गम्भीर घाइते हुने गरि बिहीबार साँझ साढे ७ बजे एयरपोर्ट रोड एशियाटीक होटल नजिक भएको दुर्घटनामा चालकको पहिचान खुलेपनि प्रहरीले नियन्त्रणमा लिन ढिलाई गरेको छ । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको दुर्घटनामा चालक रहेका रोविन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिन ढिलाई गरेको हो ।

प्रदेश सांसद कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिदाँ ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो । चालक उनै सांसद कार्कीका छोरा हुन् । उनको विगत समेत त्यति राम्रो नभएका कारण उनलाई यस दुर्घटना प्रकरणबाट जोगाउन चलखेल सुरु गरिएको छ । कारको ठक्करबाट मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट फर्निचरमा उद्योगका कामदार हुन् ।

चालक रोबिन कार्कीसहित कारमा को–को सवार थिए भन्ने कुरा समेत प्रहरीले घटना भएको १२ घण्टासम्म यकिन गर्न सकिरहेको छैन । दुर्घटनास्थलको सिसी टिभी फुटेज संकलनका लागि शुक्रबार बिहानै प्रहरी परिचालित भएको छ । दुर्घटनास्थल एशियाटीक होटल र जगदम्बा स्टिल हार्डवेयरको बीचमा रहेका कारण प्रहरीले सिसी टिभी फुटेजबाट चालकको पहिचान गर्ने काम सुरु गरेको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । तर, दुर्घटना हुँदा रोबिनलाई नजिकबाट चिन्नेहरु समेत रहेका कारण उनको अवस्था सामान्य नरहेको बताउँदै आएका छन् ।

मदिरा पीएर हाँकेको गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाई छ । प्रहरीले मेडिकल परीक्षण गर्दा प्रमाािणत नहोस् भन्नेगरि चालकलाई ढिलो गरि पक्राउ गर्ने योजना अनुरुप छलछाम गरेको आरोप प्रत्यक्षदर्शीले लगाएका छन् ।
प्रहरीले कारमा रहेका अन्य केहिको पहिचान भईसकेको बताएको छ । कारमा रहेका बहिनीहरुलाई हामीले सोधपुछका लागि बोलाएका छौं, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो–केहिबेरमा उनीहरुबाट थप जानकारी पाउनेछौं, घटनापछि कोहि भागेर केहि हुनेवाला छैन ।
तर, कतिपयले लाइसेन्स समेत नभएका कारण दुर्घटना हुँदा रहेका चालकको विकल्प खोज्नसक्ने संभावित षड्यन्त्रमा खबरदारी गर्नुपर्ने आवाज समेत उठाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्