भोकाएकालाई खाना खुवाउँदै विराटनगरस्थित पोखरीयावासी

भोकाएकालाई खाना खुवाउँदै विराटनगरस्थित पोखरीयावासी

विराटनगर । विराटनगरस्थित पोखरीयाका स्थानीयले कोरोना संक्रमण न्यूनीकरणका लागि जारी निषेधाज्ञामा दैनिकी गुजार्न असजिलो भोगिरहेका नागरिकलाई निःशुल्क खाना उपलब्ध गराएका छन् । दैनिक ज्यालादारी गर्न बन्चित हुँदा छाक टार्न असजिलो भएका अतिविपन्न नागरिकलाई पोखरीयावासी, परिवारले निःशुल्क खाना वितरण गरिएको हो ।

त्रिवेणी मार्गमा स्वास्थ्य मापदण्डको पालना गर्दै दुईसय जना अतिविपन्न नागरिकलाई खाना वितरण गरिएको स्थानीय सुस्ना खड्काले जानकारी दिनुभयो । स्थानीय युवा बिक्की कार्कीको सहयोगमा अतिविपन्नलाई खाना उपलब्ध गराइएको उहाँले बताउनुभयो । महामारीको समयमा सबै नेपाली एकजुट हुनपर्ने सन्देश दिदैं भोकाएकाहरुलाई खाना खुवाउन सबैले सहयोग गरौं भन्ने अभियान पोखरियावासी परिवारले अगाडी बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्