हरैंचाबाट मोटरसाइकल चोरी गर्ने इटहरीका सातजना पक्राउ

हरैंचाबाट मोटरसाइकल चोरी गर्ने इटहरीका सातजना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा–४ बलियाबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । बलियास्थित मिनाकुमारी बि.क.को घरमा डेरा गरि बस्ने मदनकुमार चौधरीको नाममा रहेको प्र.–१–०५–००११ प्–००६१ नम्बरको मोटरसाइकल गत जेठ १२ गते राती हराएको थियो ।

इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलिले सुनसरीको इटहरी उपमहानगरपालिकाबाट सातजनालाई पक्राउ गरेको हो । चोरीमा संलग्नमध्ये इटहरी–१३ का राजेश मेहताको घरबाट मोटरसाइकल जेठ २१ ग्ते बरामद गरेपछि घटनामा संलग्न मेहतासहित थप छ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिइएको छ ।

प्रहरीले इटहरी–२० का कोप बलराम गुरुङ, इटहरी–२ का भवेश भन्ने सुवास लिम्बु, इटहरी–३ का मचिन राई, इटहरी–४ का गोलमोल राई, रोमन परियार र मनोज परियारलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्