बरगाछीमा शिखर अर्गनाईजेसनको फुड बैंक, निषेधाज्ञाका कारण समस्यामा परेका विपन्नलाई सहयोग

<span class='c1'>बरगाछीमा शिखर अर्गनाईजेसनको फुड बैंक, निषेधाज्ञाका</span> <span class='c2'>कारण समस्यामा परेका विपन्नलाई सहयोग</span>

विराटनगर । विराटनगरमा निषेधाज्ञाको कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारका लागि फुड बैंक सञ्चालन गरिएको छ । शिखर अर्गनाइजेसनले विराटनगर महानगरपालिका–५ बरगाछीमा फुड बैंकमार्फत विपन्न नागरिकलाई राहत प्रदान गर्न थालेको हो ।

महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका समयमा परिवार धान्न नसकेर समस्यामा परेका विपन्न नागरिकलाई सहयोग गर्न थालिएको शिखर अर्गनाइजेसनअन्तर्गतको नटराज एग्रो प्रा.लि.का म्यानेजर सीताराम बर्तोलाले जानकारी दिएका छन् । दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएकोमा केही सहयोग पुगोस भन्ने उद्देश्य अनुरुप सहयोग शुरु गरेको नटराज एग्रोका बजार व्यवस्थापक बर्तोलाले जानकारी दिए ।

उनले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सङ्घ संस्थाबाटबाट प्राप्त सहयोग अनुसार निषधेज्ञाको अवस्था हेरेर पछि थप दिन लगायत थप खाद्यान्न वितरण गर्ने बताए ।
शिखर अर्गनाइजेसनअन्तर्गतका नटराज एग्रो प्रालि, तुलसी बहुमुखी सहकारी संस्था, गोर्खा टी एण्ड कफी, तुुलसी इण्डस्ट्रिज प्रा.लि. र शिव शिखर एग्रो प्रा.लिले फुड बैङ्कको स्थापना गरेको शिखर अर्गनाइजेसनका जनसम्पर्क अधिकृत राम लिम्बूले बताए । अहिले तत्काललाई एक साताका लागि भनेर सुरु गरिएको फुड बैङ्कलाई अन्य क्षेत्रबाट सहयोग मिलेको खण्डमा निरन्तरता दिन सकिने उनको भनाइ छ ।

वैशाख तेस्रो साताबाट मोरङमा निषेधाज्ञा लगाइएको छ । लामो समयदेखि निषेधाज्ञा लगाइए पनि सरकारबाट राहत वितरण नभएपछि भात खान नपाएका गरिबको समस्या हेरेर फुड बैङ्कको अभियान चलाइएको जानकारी लिम्बूले दिए । दैनिक विहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने वैंकमा दुई सय गरीवहरुलाई खाद्यान्न वापत दुई किलो चामल, ५ सय ग्राम दाल, एक केजी नुन र एक सय ग्राम सोयाविन वितरण शुरु गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्