विराटनगर–६ मा युवाको समूहद्वारा राहत वितरण जारी

<span class='c1'>विराटनगर–६ मा युवाको समूहद्वारा</span> <span class='c2'>राहत वितरण जारी</span>

विराटनगर । बिराटनगर माहानगरपालिका वार्ड नम्बर ६ मा जारी राहत वितरण आइतबार पनि कायम राखिएको छ । वडाको कुनै घरमा पनि खाद्यान्न संकट भएमा युवा नेता अनिस आलम र उनको टिमले राहत सहजीकरण गर्दै आएका हुन् । बिगतको लकडाउन देखिनै समस्यामा परेका ब्यक्ति लाई खाद्यान्न उपलब्ध गराउन निकै सक्रिय रुपमा लागि रहेको यो टिमले यस पटक समेत सहयोग गर्दै आएको हो ।

उक्त टिमले यो कोरोना संक्रमणको बेला अहिले दैनिक रुपमा ४० देखि ५० वटा घर परिवारलाई खाद्यान्न सामाग्री निःशुल्क पुर्याउने काम गरि रहेका छन् । उनीसँगै टिममा दानिस इराकी, मोहमद शलिम, लालबाबु शाहले नेतृत्व पङ्ती को भुमिका खेलिरहेका छन् ।

राहात प्याकेज मा १० केजि चामल, २ केजि दाल, १ केजि नुन, १ लिटर खाने तेल लगाएतको सामाग्री उपलब्ध गराउदै आहिरहेका छन् । खाद्यान्न को लागि मात्रै नभएर उनको टिमले कोरोना कहरमा थुप्रै समस्या मा परेका ब्यक्ति लाई सहजीकरण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्