वीपीमा कोरोना संक्रमितकोे छातीबाट निकालियो १२ इन्चको रड

वीपीमा कोरोना संक्रमितकोे छातीबाट निकालियो १२ इन्चको रड

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित झापाका ३८ वर्षीय पुरुषको छातीमा १२ इन्च उनिएको फलामको रड सफलता पूर्वक निकालिएको छ । छातीको देब्रेपट्टी करङलाई छेडेर फोक्सोको तल्लो भाग र मुटुको प्रि–कार्डियममा समेत चोट पु¥याउने गरि छेडिएको रड शल्याक्रियामार्फत सफलता पूर्वक निकालिएको हो ।

चिकित्सकहरुले लेफ्ट थ्रोराकोटोमी र एक्प्रोरेटीभ लाप्राटोमी नामक शल्याक्रिया गरेर छातीबाट उक्त रडक सफलतापूर्वक निकालेको वीपीका सह–प्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिनुभयो ।
गत जेठ ११ गते उनको छातीमा रड गाडिएका उनलाई वीपीको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । साँझ अस्पताल भर्ना गरिएका ती पुरुषको बेलुका ७ बजे अस्पतालमा शल्याक्रिया सुरु गरेर राती ११ बजे सफलतापूर्वक सकिएको थियो । शल्याक्रिया अगाडी बिरामीको एक्स–रे, सिटी स्क्यान तथा कोरोनासहित शल्याक्रियाका लागि आवश्यक अन्य परीक्षण गरिएको थियो । त्यस क्रममा कोरोना संक्रमण समेत पोजेटिभ देखाएपनि बिरामीको स्वास्थ्यलाई ख्याल गर्दै चिकित्सकहरुले शल्याक्रिया गरेका हुन् ।

जेनेरल सर्जरी विभागका डा. सुरेश प्रसाद शाहको नेतृत्वमा डा. लोकेश शेखर जैसवाल (कार्डियो थोरासीक भास्कुलर सर्जन), डा.रुपेस प्रसाद शाह, डा. विजय श्रेष्ठ , रतिस कर्ण, डा.अर्विन्द, डा. पवन सापकोटा संलग्न रहनु भएको थियो । त्यसैगरि एनेस्थेसिया विभागका प्रा.डा. सत्येन्द्र नारायण सिंह, डा. योगेश ढकाल, डा. विशाल देव, डा. अरुण मण्डल संलग्न रहनु भएको प्रतिष्ठानले जानकारी दिइएको छ । यसैगरी नर्सहरु जानकी चौधरी, गिता राई, ओटी टेक्निसिय रञ्जन पाठक, हेल्पर दल बहादुर खड्का लगायतको टिम त्यस बखत खटेको थियो ।

विरामीलाई ओ.टी. टेबलमा पु¥याईसकेकको अवस्थामा निजको जिन–एक्पर्टका आधारमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि चिकित्सकहरुले आफ्नो कर्तव्य पालना गर्न शल्याक्रियामा खटिएका थिए । शल्यक्रिया पश्चात निजलाई सोही दिन कोभिड अस्पतालको आई.सि.यू. मा भर्ना गरी बाँकी उपचार सुरु गरिएको थियो । विरामी दु्रत गतिमा निको हुँंदै जाँदा जेठ १७ गते पुनःपीसीआर परीक्षण गर्दा नेगेटिभ आएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । त्यसपछि सर्जरी वार्डमा सारिएका उनको पूर्ण स्वास्थ्य लाभपछि आज डिस्चार्ज गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्