पक्राउ परे नक्कली डिएसपी, पीडित खोज्दै प्रहरी

पक्राउ परे नक्कली डिएसपी, पीडित खोज्दै प्रहरी

विराटनगर । प्रहरीलाई नै झुक्याउँदै आफूलाई प्रहरी नायव उपरीक्षक डीएसपी भएको धाक लगाउँदै आएका एकजना महानगरीय अपराध महाशाखाको नियन्त्रणमा परेका छन् । नेपाल प्रहरीको डाक्टर भएको भन्दै प्रहरीको पोशाक लगाएको फोटो खिचेर फेसबुकमा अपलोड गर्ने काठमाण्डौं तार्केश्वर नगरपालिका–६ का ४४ वर्षीय कृष्णप्रसाद ढुंगानालाई प्रहरीले हिजो पक्राउ गरेको थियो ।

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अलग–अलग परिचय दिने गरेका थिए । भिक्टोरिया फार्मेसी सञ्चालन गर्दै आएका ढुंगानाले नेपाल प्रहरीलाई सशस्त्र प्रहरीको डीएसपी भएको र सशस्त्र प्रहरीलाई नेपाल प्रहरीको डीएसपी भएको परिचयमा खुलाउँदै आएको महानगरीय अपराध महाशाखाले जानकारी दिइएको छ ।

उनलाई नियन्त्रणमा लिएपछि प्रहरीले कोहि पीडित भएको भए खबर गर्न आग्रह गरेको छ । उनीसँगै उनले प्रयोग गर्दै आएको नेपाल प्रहरीको यूनिफम लगाएको फोटो, यूनिफम, नेपाल प्रहरीको जर्सी र मोवायल बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्