संक्रमण देखिएका नेता झलनाथ खनाललाई उपचारका लागि भारत लगिँदै

<span class='c1'>संक्रमण देखिएका नेता झलनाथ खनाललाई</span> <span class='c2'>उपचारका लागि भारत लगिँदै</span>

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहनुभएका नेता खनालको थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लान लागिएको हो ।

उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले आज दिउँसो उपचारका लागि नयाँ दिल्ली लैजान थालेको जानकारी दिनुभयो । नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोताले पहिलेदेखि नै उहाँलाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लान लागिएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालले जनाएको छ । ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उहाँलाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही समयअघि नेता खनाललाई कोभिड–१९ को सङ्क्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्