सुनकोशीमा तीन शव फेला

<span class='c1'>सुनकोशीमा तीन</span> <span class='c2'>शव फेला</span>

सुनकोशी नदीअन्तर्गत सिन्धुली जिल्लामा तीन शव भेटिएका छन् । आज साँझसम्म पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका –५ मूलकोट, सुनकोसी –६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका –६ रत्नावतीमा बेवारिसे शव फेला परेका हुन् ।
कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा भेटिएको शवको पहिचान हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । सुनकोशीमा देखिएको शव निकाली परीक्षणका लागि सिन्धुलीमाढीतर्फ ल्याइँदै गरेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्