पारस खड्काको सन्यास: हतार भएको हो कि ?

पारस खड्काको सन्यास: हतार भएको हो कि ?

नेपाली क्रिकेटका स्टार, पुर्व कप्तान Paras Khadka को रिटार्यमेन्ट अप्रत्याशित रुपमा आएको छ । उनको यो व्यक्तिगत निर्णय भएपनि क्रिकेट समर्थक भएको नाताले उनले अलि हतार गरेकि भन्ने मनमा लागेको छ ।

कारण :
१) नेपाली क्रिकेटमा पारसको योगदान धेरै छ , उनलाई एउटा सम्मानजनक विदाई हुनुपर्थ्यो । हजारौं दर्शकमाझ अन्तिम पटक नेपाली क्रिकेट जर्सी लगाएर खेलेर सम्मानित गराई उनको योगदानको कदर पनि हुनेथियो साथै नयाँ युवा खेलाडीमा पनि उक्त सम्मानको सकारात्मक प्रभाव पर्ने थियो ।

२) वर्तमान नेपाली टोलीमा धेरै नयाँ युवा अनुहार देखिएका छन् , उनिहरुले राम्रो पनि गरिरहेका छन् तर ड्रेसिङ रुममा र फिल्डमा पारस खड्कासंग धेरै कुरा सिकाउन जरुरी थियो नयाँ खेलाडीलाई । त्यसले अनुभव तथा उतप्रेरणा थप्ने काम गर्दथियो ।

३) नेपाली क्रिकेटमा ठुलो प्रतियोगितामा सहभागीताको अवसर चाडैं सृजना हुने देखिरहेको अवस्थामा पारसको अलराउण्ड खेल साथै अनुभवले नेपाली क्रिकेटलाई अझ आइसीसीको प्रतियोगितामा बलियो टिमको रुपमा आफुलाई सावित गर्ने ठुलो अवसर थियो ।

अन्तयमा , पारस खड्काले नेपाली क्रिकेटमा गरेको योगदानको राष्ट्रले उचित सम्मान गरोस् । उनले देखाएको सपना र मार्गदर्शन सधैं सबै खेलाडी तथा बोर्डले सम्झिरहुन । शुभकामना तथा सम्मान छ तपाईंलाई । धन्यवाद !!

अनुरोध : अब नेपाली क्रिकेट संघमा बसेर तपाईंको सपना साकार गर्नुहोस ।

- विवेक दाहाल
नेपाली क्रिकेट समर्थक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्