प्रविण कार्कीसहित पाँचजनाले पाए ‘सिक्स’ डानको उपाधि

प्रविण कार्कीसहित पाँचजनाले पाए ‘सिक्स’ डानको उपाधि

विराटनगर । तेक्वाण्डो खेलको प्रवद्र्धन र विकासमा लामो समयदेखि लागि परेका विराटनगर तेक्वाण्डोका प्रशिक्षक प्रविण कार्कीले ‘सिक्स’ डानको उपाधि पाएका छन् । आइटीएफ तेक्वाण्डोमा ‘सिक्स’ डानको उपाधि पाउने कार्की प्रदेश १ का पहिला व्यक्ति हुन् । उनीसँग अन्य चार जना प्रशिक्षकहरूले ‘सिक्स’ डानको उपाधि पाएका छन् । नेपाल इन्टरनेशन तेक्वाण्डो महासंघका अध्यक्ष अन्जन धमाला, उपाध्यक्ष कार्की, महासचिब अन्जु राउत र सदस्यहरू उमेश राजथला र फतेमा बिबीले सिक्स डानको उपाधि पाएका हुन् ।

नेपाल राष्ट्रिय मार्सल आट गेम्स महासंघका अध्यक्ष तथा नेपाल इन्टरनेशन तेक्वाण्डो महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका कार्कीले काठमाण्डौमा केही दिन अगाडी सम्पन्न भएको सिक्स डान आइटिएफ तेक्वाण्डो खेलको अन्तर्राष्ट्रिय परीक्षामा उत्तीर्ण भएपछि ‘सिक्स’ डानको उपाधि पाएका हुन् ।

काठमाण्डौंमा सिक्स डान आइटिएफ तेक्वाण्डो खेलको अन्तर्राष्टिय परीक्षा भएको थियो । उक्त परीक्षा उत्तीर्ण गरेपछि अन्तर्राष्ट्रिय तेक्वाण्डो ९ औं डान ग्राण्ड मास्टर भारतीय नगरिक राजेन्द्र बलानले नेपालका पाँच जना प्रशिक्षकहरूलाई सिक्स डानको उपाधि दिएका हुन् ।
सिक्स डानको उपाधि पाएका कार्कीले तेक्वाण्डो खेलको वृद्धि विकास गर्दै खेल क्षेत्रमा लागेका खेलाडीहरूलाई व्यवसायिक रूपमा अगाडी बढाउन लागि पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्