पाँचखालमा ‘स्टिम क्लब’मार्फत सहकर्मीमा आधारित शिक्षण गराइने

<span class='c1'>पाँचखालमा ‘स्टिम क्लब’मार्फत सहकर्मीमा</span> <span class='c2'>आधारित शिक्षण गराइने</span>

काभ्रेपलाञ्चोक

पाँचखाल नगरपालिकाका सामुदायिक विद्यालयमा ‘स्टिम क्लब’मार्फत सहकर्मीमा आधारित शिक्षण गराइने भएको छ । यसका लागि नगरपालिका, किङ्स कलेज र कारखानाबीच त्रिपक्षीय सम्झौता गरिएको जनाइएको छ ।

सामुदायिक विद्यालयमा विज्ञानप्रविधि, इञ्जिनियरिङ, कला र गणित विषयमा सहकर्मीमा आधारित शिक्षण ‘मोडेल’अनुसार शैक्षिक गतिविधि अभिवृद्धि गर्ने उद्देश्यले सम्झौता गरिएको हो । विद्यार्थीमा विज्ञान–प्रविधि सिकाइमा रुचि बढाउने, प्रयोगात्मक र खोजमा आधिरित सिकाइलाई बढावा दिन र विद्यार्थीले स्थानीय समस्या पहिचान गरी विज्ञान तथा प्रविधिका माध्यमबाट समाधान गर्न अग्रसर गराउने उद्देश्यले त्रिपक्षीय सम्झौता गरिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो ।

नगरप्रमुख खरेल, कलेजका अध्यक्ष नरोत्तम अर्याल र कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्र गौतमबीच शिक्षण सिकाइसम्बन्धी प्रशिक्षण सञ्चालन गर्न सम्झौता गरिएको छ । विज्ञान–प्रविधि, इञ्जिनियरिङ, कला र गणितको ‘सर्टकट’ नाम स्टिम क्लब हो । “यो विधिमा शिक्षक नभए पनि विद्यार्थीका एक अर्का क्लब मिलेर अध्ययन गर्नेछन्”, खरेलले भन्नुभयो ।

उहाँका अनुसार विद्यार्थीले अन्यलाई सिकाउन मद्दत गरी आफ्नै शिक्षालाई सुदृढ पार्ने उद्देश्यले सम्झौता भएको उक्त कार्यक्रम प्रारम्भिक चरणमा नगरका पाँच विद्यालयमा सञ्चालन गरिनेछ । पहिलो चरणमा आजाद माध्यमिक विद्यालय बालुवा, पलाञ्चोक भगवती मावि, श्रीराम मावि कोशीदेखा, महाङ्काल मावि बेला र एक शिक्षण केन्द्र नगर कार्यालयमा स्थापना गरी सञ्चालन हुनेछ । पाँचखालमा ३८ विद्यालयमध्ये उच्च मावि सात, मावि छ, आधारभूत पाँच र २० प्रावि छन् ।

तोकिएका स्थानमा विद्यालयबाट १५ देखि २० विद्यार्थीको समूहबाट ‘कारखाना’ क्लब स्थापना हुनेछ । क्लबका सदस्य कारखानाबाट सञ्चालित शिक्षणमा सहभागी भई स्रोतसाधनको प्रयोगका माध्यमबाट स्टिम क्लब सञ्चालन गर्न सक्षम बन्नेछन् । साथै क्लबका सदस्यले विभिन्न विद्यालयका विद्यार्थीका लागि स्टिम मेलासम्बन्धी कार्यक्रम तथा डिजाइनमा प्रतिस्पर्धा गर्नेछन् । स्टिम क्लबले सहकर्मीमा आधारित शिक्षण मोडेल पालना गर्नुपर्नेछ ।

सहकर्मीमा आधारित शिक्षणका स्थान गैर–पदानु क्रमिक शिक्षा दृष्टिकोण भएकाले जहाँ विद्यार्थी आफ्नो र क्लबका साथीको शिक्षाका लागि जिम्मेवार बन्नुपर्ने हुन्छ । अर्यालयका अनुसार एक शिक्षकको अनुस्थितिमा विद्यार्थीले शैक्षिक लक्ष्य प्राप्ति गर्नका लागि एकअर्कासँग अन्तक्र्रिया गर्न सक्नेछन् । “यस शिक्षण विधिले विद्यार्थीमा औपचारिक निर्देशन र आँकलनको अभावमा पनि आफ्नै शिक्षामा उत्तरदायी रहन प्रोत्साहन गर्दछ” अर्यालले भन्नुभयो । उहाँका अनुसार यस मोडलबाट सार्वजनिक विद्यालयका विद्यार्थीले निकै राम्रो लाभ प्राप्त गर्न सक्नेछन् ।

यसविधिले विद्यार्थीले अरुलाई सिक्न मद्दत गरी आफ्नै शिक्षालाई सुदृढ पार्ने कारखानाका अधिकृत गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीलाई कुनै विषयमा साथीसँग छलफल गर्न अधिक सहज र खुल्ला लाग्छ, समस्यालाई सामान्य रुपमा हल गर्न आफैं सक्षम बन्दै जान्छन् ।” उहाँका अनुसार विद्यार्थीमा विभिन्न विधिबाट सिकाइ अन्तरको समाधान गर्न अधिकतम् प्रयास हुनेछ भने विद्यार्थीमा सकारात्मक सिकाइ बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्