रिभाईभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन असोज १ गते देखि

रिभाईभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन असोज १ गते देखि

विराटनगर । रिभाईभ लिजरपार्कको स्थापनाको उपलक्षमा ‘‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’’ असोज १ गते देखि हुने भएको छ । पार्कको आफ्नै कभर्डहलमा हुने च्याम्पियनसिपले कोभिडबाट प्रभावित खेलाडीहरुलाई पुनर्ताजगी बनाउने आकांक्षा गरिएकोछ ।

सकारात्मक र स्वस्थ जीवन जिउने उत्प्रेरणाका साथ आयोजना गर्न लागिएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शिर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिीका भेटरान्स युगल गरि ४ विधामा खुल्ला प्रतियस्पर्धा हुने छ । च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरि तीन विभागिय टिम, विभिन्न संघ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आईरहेका विदेशी खेलाडीहरुलाई पनि सहभागिता गराईने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । नेपाल ब्याडमिन्टन संघको स्विकृती तथा प्राविधिक सहयोगमा हुने च्याम्पियनसिपमा २०० बढि खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।

करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शिर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगल तर्फ शिर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्ष माथीको भेटरान्स युगल तर्फ शिर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।

च्याम्पियनसिपका दौरान कोभिड १९ को उच्च संक्रमणलाई ध्यानमा राखी सम्पूर्ण सरकारी मापदण्डलाई पालाना गर्दै प्रतियोगिता आयोजना गरिने आयोजकले जानकारी गराए ।
केवल नाफा कमाउनु मात्र नभई नेपालीहरुलाई शारीरिक, मानसिक रुपमा स्वस्थ राख्नु तथा नेपाली खेलकुद क्षेत्रलाई उकास्न विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिताहरु आयोजना तथा बालबालिकाहरुलाई उच्च स्तरको प्रशिक्षणको ब्यवस्था गरि नेपाललाई अन्तराष्ट्रिय पदक दिलाउने खेलाडीहरु उत्पादन गर्नु र निजी क्षेत्रबाट नेपाल सरकारको खेलकुद विकासको अभियानलाई सहयोग पु¥याउने उद्धेश्य रहेको हो प्रेश विज्ञप्तीमा जनाईएको छ ।

यो केवल प्रतियोगिता मात्र नभई मित्रता, भातृत्वलाई स्थापित गर्दै खेलको विकास गर्ने उद्धेश्य समेत हो । यो च्याम्पियनसिपलाई कोभिडबाट प्रभावित खेलक्षेत्रलाई पुनर्ताजगी गर्दै खेल महोत्सवको रुपमा समेत लिएका छौं – संचालक लिलाबहादुर थापाले बताए । उनले च्याम्पियनसिप आयोजना मात्र नभई रिभाईभले विभिन्न राष्ट्रिय ख्याती प्राप्त खेलाडीहरु मार्फत नव खेलाडीहरुलाई खेलप्रति आकर्षित गर्दै नयाँ खेलाडी उत्पादन गर्ने, विभिन्न लगानीकर्ता मार्फत खेल फण्ड स्थापना गरि खेलको विकासका साथै खेलाडीहरुलाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने र खेल अनुसन्धानको रुपमा समेत अगाडी बढाउने सोच रहेको बताए । थापाले च्याम्पियनपिका दौरान क्लवको भौतिक पूर्वाधारको समेत उद्घाटन हुने बताए ।
च्याम्पियनसिपलाई आन्तरिक, राष्ट्रिय खेलकुद परिषद्, नेपाल सरकार, विभिन्न बित्तिय संस्थाहरुको आर्थिक सहयोग रहने सम्मेलनमा बताईयो ।
कोभिडका कारण खेलाडीहरुले आफ्नो कौशलतालाई उजागर गर्न नपाईरहेको अवस्थामा च्याम्पियनसिप आयोजना गर्न लागिएकोमा आयोजक प्रति आभार प्रकट गर्दै नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले संघले भौतिक र प्राविधक सहयोग गर्ने बताए । च्याम्पियनसिपका लागि खेलाडी छनौट बारेमा प्रश्न गर्दा अध्यक्ष श्रेष्ठले जिल्ला तथा प्रदेशले उत्कृष्ट खेलाडीहरुलाई च्यामिपयनसिमा प्रतिस्पर्धा गराउने बताए ।

सवै मिलेर च्याम्पियनसिपलाई भब्यतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने विश्वास लिएको प्रतियोगिता आयोजक कमिटिका अध्यक्ष शुक्र पाखरिनले बताए । उनले विभिन्न संचार माध्ययमले यस च्याम्पियनसिपमो समाचार संम्प्रेषण गरि सफल पार्ने बिश्वास लिएको बताए ।
प्रतियोगितामा सहभागी खेलाडीहरुका लागि बसोबास, यातायात र खानाको ब्यवस्था सहभागी खेलाडी, क्लब, जिल्ला तथा प्रदेश स्वयंगले गर्नु पर्ने छ ।
करिव १८ करोड लगानी रहेको रिभाईभ लिजर पार्क हेल्थ क्लबको कम्पाउण्ड भित्र ब्याडमिन्टन हल, जुडो, कराते, उसु हल, स्विमिङ्गपुल, जिम, जुम्बा हल, साउना स्टिम, मसाज थेरापी, सैलुन पार्लर लगायत बि।एण्ड बि। रुम, सेमिनार, पार्टिहल सहित रेस्टुरेण्ट समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्