विराटनगरमा अझै २७४२ जना संक्रिय संक्रमित, कोभिड–१९ जोखिम कायमै रहँदा विद्यालय खोल्न किन हतारो ?

विराटनगरमा अझै २७४२ जना संक्रिय संक्रमित, कोभिड–१९ जोखिम कायमै रहँदा विद्यालय खोल्न किन हतारो ?

प्रेम देवान
विराटनगर । विराटनगर । दसैं–तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गएको र चिकित्सकहरुले कोरोनाको नयाँ भेरियन्ट आउनेसक्ने चेतावनी दिइरहेका बेला विराटगनगरमा अधिकास निजी तथा सामुदायिक विद्यालयहरु भौतिक रुपमा संचालन आउन थालिसकेका छन् ।
जोखिम कायमै रहेका बेला विद्यालय खोल्ने निर्णय गर्न हतारिएको कतिपयको भनाइ छ । विद्यालयले अभिभावकलाई मोवाईलमा पठाएको एउटा म्यासेजको भरमा आफ्ना बालबालिकालाई स्कुल पठाउन आग्रह गरेसँगै असोज १ गतेबाट भौतिक रुपमा अधिकास यहाँका निजी तथा सामुदायिक विद्यालयहरु संचालनमा आउन थालेका हुन् ।

छिमेकी देश भारतमा कोरोनाको तेस्रो वेभ सुरु भएको र नेपालमा पनि असोज १५ पछि भित्रन सक्ने विज्ञहरुको आँकलन छ । यससँगै बालबालिकाहरुलाई कारोना विरुद्धको खोपसमेत नलगाएको परिस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गलत भएको कतिपय अभिभावको तर्क छ ।
कोरोना भाईरस जोखिम रहँदै विद्यालय संचालन गर्दा विद्यार्थी र अभिभावक अफ्ठ्यारोमा रहेको गुनासो समेत सुनिन्छ । हतार–हतारmब दशै खर्च असुली गर्न दशैं अगाडीका २२ दिन विद्यालय खोलेको विराटनगर १२ शिवमार्ग निवासी सिता कार्कीको गुनासो छ ।

विद्यालय सञ्चालकको चलख्याँईमा महानगरले साथ दिदाँ अनावश्यक चिन्तासँगै अभावको बेला बोझ थपिएको गुनासो बढ्दै गएको हो । अहिलेसम्म बालबालिकालाई कारोनाविरुद्धको खोप लगाउने तयारी भएको छैन । नेपालमा अझै पनि कोरोना संक्रमण दर नघटेकाले जोखिम कायमै रहेको स्वास्थ्य मन्त्रालयले बताइरहेको छ । त्यस्तै दसैंअघि २२ दिनमात्रै विद्यालय सञ्चालन हुन्छ । त्यसपछि फेरि १५ दिन विदा हुन्छ । लामो विदाको मुखमा र जोखिम कायमै रहेका बेला विद्यालय सञ्चालन गर्न दिने निर्णय गर्नुको कारण प्रष्ट छैन । दसैंका लागि निजी विद्यालय सञ्चालकले शुल्क उठाउनका लागि विद्यालय खोल्न विराटनगर महानगर शिक्षा महाशाखालाई दबाब दिएका कारण त्यस्तो निर्णय गरेको आरोप पनि लागिरहेको छ । यता अभिभावक संघले विद्यालय खुलाएको प्रति भने असन्तुष्टि जनाएउदै आएको छ । २० दिनका लागि विद्यालय खोल्नुको औचित्य नभएको नेपाल अभिभावक संघ प्रदेश नम्बर एकका अध्यक्ष देवी पन्थीले बताउनुभयो । ‘असोज १ गतेदेखि विद्यालय खोल्ने भनिएको छ, १५ दिनका लागि २२ गतेदेखि दसैं विदा हुन्छ । २० दिनको लागि स्कुल खोल्नु औचित्य छैन’, पन्थीको भनाई छ, ‘हामीले सिफ्ट अनुसार खोल्न भनेका थियौ तर यहाँका विद्यालयहरुले मानिरहेको अवस्था छैन ।’

पन्थी भन्छन्,’अझै पनि पुर्ण रुपमा कोरोना भाईरस निस्तेज नभएको अवस्थामा विद्यालय खोलिदा एक पटक बन्द भएका विद्यालय लामो समय सम्म बन्द हुन सक्छ ।’ त्यसैले यस्तो कुरामा विद्यालयहरुले बैलेमा सर्तक हुन आवश्यक छ । सरकारले विद्यालय खोल्नका लागि स्थानीय निकायले अवस्था हेरेर निर्णय गर्न सक्ने भन्दै विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा पनि जारी गरेको छ । यता शैक्षिक महाशाखा विराटनगरले पनि यहाँका विद्यालयले मापदण्ड तथा कार्यढाचाको पालना गरेका छन् की छैनन भन्ने विषयमा विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृतको संयोजत्वमा अनुगन समिति समेत बनाएको छ । लामो समय सम्म विद्यालय बन्द भएका कारण शैक्षिक सत्र भित्र विद्यार्थीको सिकाई अभ्यास सक्नु पर्ने भएकाले अनलाइन कक्षाका पहँुचमा नपुगेका विद्यार्थीलाई मात्र २ सिफ्ट गराएर भौतिक रुपमा विद्यालयमा पठनपाठन सुरु गरेको महानगर शिक्षा समन्वय समितिका शिक्षा अधिकारी दुर्गा प्रसाद खतिवडाले बताउनुभयो । कोरोना भाइरस जोखिम कायमै रहेको अवस्थामा दशैतिहार अगाडी पूर्ण रुपमा खोल्न नदिएको खतिवडाले आवर विराटनगरलाई जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले जिल्लामा ५०० सक्रिय संक्रमितको अवस्थालाई जोखिमको सूचिमा राखेर सावधानी अपनाउनु पर्ने बताउँदै आएको छ । यता “कतिपय कामकाजी अभिभावकले बालबालिकालाई घरमा हेर्न गाह्रो भएको बरु विद्यालय खुलेकाले सजिलो हुने गरेको विराटनगर १२ एक अभिभावक समिर न्यौपानेले बताउनुभयो ।

भर्चूअल माध्यमबाट भइरहेको पढाइ भौतिक रूपमा उपस्थित भएर गरिने भन्दा कम प्रभावकारी भएको भन्दै कतिपय अभिभावकहरूले विद्यालय खुलेकोमा खुशी पनि छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी बालबालिका जोखिम हुने भएका कारण विद्यालय जाने कतिपय स्कुलले बालबालिकाले राम्रो सँग मास्क समेत लगाएको पाईदैन । विद्यालय संचालन भएको आज हप्तादिन बढी भ्इसक्यो तर सम्बन्धीत सरोकार निकायले भने यसको अनुगमनको पाटोलाई हेर्न भ्याएको छैन । भवितव्य भोलिको दिनमा कुनै एक विद्यार्थीबाट अर्को विद्यार्थीमा कोरोना भाईरस सर्यो भने यसको जिम्मेवारी कसले लिने रु प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले विद्यालयहरुले बालबालिकाको संरक्षण र सुरक्षामा पूर्ण रुपमा ध्यान दिने गरेको दावी गर्नुभयो ।

उहाँले विद्यालय परिसरमा स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गराउन विद्यालयले धेरै मेहनत गरिरहेको बताउनुभयो । अघिल्लो वर्ष समेत जोखिम कायमै रहँदा विद्यालय खोलिएपनि बालबालिकामा प्रभाव कम देखिएको स्मरण गर्दै अध्यक्ष बुढाथोकीले अवस्था सहज हुँदा पढाई निरन्तरता गर्नुेपर्ने आवश्यकता रहेको बताउनुभयो । विराटनगरमा दुईदिन अगाडीसम्मको तथ्यांक अनुसार अझै दुई हजार ७४२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २ हजार ४८ जना होम आईसोलेशनमा रहेका छन् । दोस्रो लहरमा १४ हजार ५४४ नागरिक संक्रमित भएका थिए । जसमध्ये ११ हजार ६२२ जना निको भएका छन् । महानगरमा दोस्रो लहरको संक्रमणले १८० जना नागरिकको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्