एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

नेकपा (एमाले) सचिव योगेश भट्टराई उच्च ज्वरोका कारण उपचारका लागि वीर अस्पतालमा भर्ना हुनुभएको छ । सांसद भट्टराइलाई केही दिन अघिदेखि नै उच्च ज्वरो आएको तर कम नभएपछि शुक्रबार उहाँको उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको हो । भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार चिकित्सकले एकहप्तासम्म आराम गर्नुपर्ने सल्लाह दिनुभएको छ ।

“उच्च ज्वरोका कारण शुक्रबार उपचारका लागि वीर अस्पतामा भर्ना गरिएको छ”, एमाले सचिव भट्टराईका स्वीकीय सचिव गुरागाईंले रासससँग भन्नुभयो, “उपचार भइरहेको छ, चिकित्सकले एकहप्तासम्म पूर्णरूपमा आराम गर्न भन्नुभएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्