नेपालमा पहिलो पटक ‘साईबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने

नेपालमा पहिलो पटक ‘साईबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने

काठमाण्डौं । नेपालमा पहिलो पटक ‘साईबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने भएको छ ।

प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा नेपालमै पहिलो पटक साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई हुने भएको हो । कलेजले बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरि ब्रिटिस इन्जिनियरिङ्ग काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट समेत मान्यता प्राप्त बिषय ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ को पढाई सुरु गर्ने जानकारी दिएको छ । कलेजले युनिभर्सिटी अफ द बेस्ट अफ इङ्ग्ल्याण्ड (युडब्लुइ) को सम्बन्धनमा पढाई सुरु गर्ने तयारी रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्रले शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल राष्ट्र बैंकले पनि साईबर सेक्युरिटीको क्षेत्रमा दक्ष जनशक्तिको अभाव महशुस गरेको बताए । उनले ब्रिटिस कलेजले यस्तो पाठ्यक्रमलाई सञ्चालन गर्न लागेकोमा खुसी समेत व्यक्त गरे । नेपालमा एटीएम ह्याक हुँदा त्यसको अनुसन्धान गर्न सिंगापुरबाट महँगो रकम तिरेर जनशक्ति ल्याउनुपरेको तितो यथार्थ पोख्दै मिश्रले ब्रिटिस कलेजबाट यस क्षेत्रलाई योगदान पुर्‍याउने जनशक्ति निर्माण हुने विश्वास व्यक्त गरे । उनले साइबर सेक्युरिटी विषय पढ्नका लागि अब विदेश जानु नपर्ने अवस्था आएको दाबी गरे ।

कार्यक्रममा फ्याक्ट्स नेपालले तयार पारेको शैक्षिक कार्यक्रमसँग सम्बन्धित प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन प्रस्तुत गर्दै फ्याक्ट नेपालका मनिष झाले नेपालमा यस क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव रहेकाले चुनौती थपिदै गएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका संस्थापक तथा अध्यक्ष राजन कँडेलले नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढेकोले साइबर सेक्युरिटी तथा डिजिटल फरेन्सिकको क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग रहेको बताए ।

कलेजले भने सन् २०२२ को जनवरीबाट साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक बिषयको अध्ययन अध्यापन सुरु गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्