सम्भावनाहरुलाई सफलतामा बदल्दै विराटनगरको आर्या न्यूरो अस्पताल

सम्भावनाहरुलाई सफलतामा बदल्दै विराटनगरको आर्या न्यूरो अस्पताल

विराटनगर । विराटनगरको कञ्चनबारीस्थित रहेको आर्या न्युरो हस्पिटल पछिल्लो समय भरपर्दो अस्पतालको रुपमा विकास हुँदै गएको छ ।

जटिल प्रकृतिका बिरामीहरुको पनि सफल उपचार हुन थालेपछि आर्या हस्पिटल विश्वसनीय अस्पतालको रुपमा विकास हुन थालेको हो । पछिल्लो १ महिनाको अवधिमा आर्या न्युरो अस्पतालले दुईजना जटिल प्रकृतिका बिरामीको सफल उपचार गरेको छ । उपचार सम्भव नभएको भन्दै अन्य अस्पतालले हात उठाईसकेको अवस्थामा आर्याले उनीहरुलाई नयाँ जीवन प्रदान गरेको हो ।

ती मध्ये एक हुन, उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का ६० वर्षीय तेजनारायण चौधरी । टाउकोको ‘लक्ड–इन–सिन्ड्रम’ अर्थात स्वचालित मांसपेशीको पूर्ण पक्षघात भएका उनी सिकिस्त अवस्थामा अस्पताल आएका थिए । प्रेसरको समस्याबाट समेत ग्रसित रहेका उनी महिना दिनअघि काम गर्ने क्रममा घरमा लडेपछि बेहोस भएका थिए । उपचारका लागि उनको परिवारले उनलाई विराटनगर र धरानको विभिन्न अस्पताल पुर्‍याएका थिए । तर, अन्य कतै उपचार सम्भव नभएपछि आफन्तको सल्लाह बमोजिम पौषको पहिलो हप्ता उनलाई अस्पताल ल्याईएको थियो ।

‘विराटनगरको एक निजी अस्पतालमा १ हप्तासम्म जति उपचार गरायौं । तर, होस आएन,’ बिरामी चौधरीको छोरी सुशिलाले भनिन्, ‘बुवाको होस नआएपछि चिकित्सकले उपचार सम्भव नहुने भन्दै घर लैजान सुझाव दिएका थिए । हामीले बुवालाई घर पनि लग्यौं । तर, बेहोस हुनुभएको बुवाले हात चलाउन थालेपछि आफन्तको सल्लाहमा पौष १ गते आर्या न्यूरो हस्पिटल ल्याएका हौं । हाल उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।’

आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पञ्कजराज नेपालको टीमले चौधरीको उपचार गरेपछि हाल उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिएको छ । ओछ्यानबाट उठ्न समेत नसक्ने अवस्थामा रहेका उनी हाल सहजै बोल्न र हिँडडुल गर्नसक्ने अवस्थामा छन् । १८ दिनको उपचारपछि सोमबार अस्पतालले उनलाई डिस्चार्ज दिएको छ ।

चौधरीको उपचारपछि स्वास्थ्यमा तुलनात्मक सुधार देखिएपछि सोमबार डिस्चार्ज गरिएको डा. नेपालले बताए ।

आर्या न्युरो अस्पतालले यसअघि पनि अत्याधिक रक्तश्राव भई टाउकोमा रगत जमेको सुनसरीको इनरुवा ३ की ३९ बर्षीया पुष्पलता सुब्बाको सफल उपचार गरिसकेको छ । गएको मंसिर २६ मात्र उनीले अस्पतालबाट डिस्चार्ज पाएकी छन् । बाँच्ने सम्भावन न्यून रहेको भन्दै मोरङको विभिन्न अस्पतालले बिरामीलाई घर फर्काइदिएपछि मंसिर ६ गते उनको श्रीमानले उनलाई आर्या अस्पताल ल्याएका थिए । अस्पतालले बाँच्ने सम्भावना न्यून भएपनि बिरामीको उपचार थाल्यो । अस्पतालका कन्सल्ट्यान्ट न्युरो सर्जन डा. पंकज राज नेपालको टीमले उनको टाउकाको शल्यक्रिया गरेपछि हाल उनी पुर्णतः स्वस्थ छिन् । अस्पताल बसाईको २० दिनपछि मंसिर २६ मा उनी डिस्चार्ज भएर आफ्नो घर फर्किएकी छन् ।

अन्य अस्पतालको तुलनामा आर्या हस्पिटलको उपचार सेवा गुणस्तरीय र भरपर्दो रहेको बिरामीका श्रीमान मनिस थापा मगर बताउँछन् । उपचार खर्च पनि बढी नरहेको उनको अनुभव छ । सम्भावनाहरुलाई सफलता बदल्ने प्रयास गर्दै आएको आर्या हस्पिटलले यसअघि पनि यसप्रकारका जटिल शल्यक्रियाहरु गरिसकेको छ । बिरामी चौधरी र सुब्बाको शल्यक्रिया पनि सम्भावनालाई सफलतामा बदल्ने प्रयास नै रहेको अस्पतालका कन्सल्ट्यान्ट न्युरो सर्जन डा. पंकज राज नेपालले बताए ।

कुल १६ करोडको लगानीका कात्तिक १६ गतेदेखि सञ्चालनमा आएको आर्या हस्पिटल पछिल्लो समय भरपर्दो उपचार सेवाका लागि परिचित हुँदै गएको छ । अस्पतालमा न्यूरो सम्बन्धी सम्पुर्ण उपचारका साथै हाडजोर्नी, नाक, कान, घाँटी तथा दन्त चिकित्सकीय लगायतका सम्पुर्ण सेवाहरु समेत उपलब्ध छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्