मनाङमा २६३ नयाँ मतदाता थपिए

<span class='c1'>मनाङमा २६३ नयाँ</span> <span class='c2'>मतदाता थपिए</span>

मनाङ । हिमाली जिल्ला मनाङमा २६३ नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन कार्यालय मनाङले स्थानीय तहमा सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत नयाँ मतदाता थपिएका हुन् । कार्यालयले जिल्लाका तीनवटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरेको थियो । त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट पनि मतदाता नामावली सङ्कलन भइरहेको छ । पहिलो चरणमा मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिका तथा दोस्रो चरणमा नासों गाउँपालिकामा मतदाता नामावली सङ्कलन गरिएको थियो ।

निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले मनाङ ङिस्याङ गाउँपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाबाट २८, नार्पाभूमि गाउँपालिकाबाट १० र नासों गाउँपालिकाबाट २५ मतदाता थपिएका छन् । थपिएकामध्ये महिलाको सङ्ख्या बढी छ ।

त्यसैगरी जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट २०० मतदाता थपिएका छन् । यसैगरी मनाङमा बाहिरी जिल्लाका व्यक्तिले भने नामावली दर्ता गराएका छैनन् । “दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ”, उहाँले भन्नुभयो । सङ्कलन गरिएको विवरण यही पुस १० देखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ । विसं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता छ हजार ३०९ पुगेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्