भोलिपल्टै उप्कियो कालोपत्रे, पुनः कालोपत्रे गर्नुपर्ने स्थानीयको माग

<span class='c1'>भोलिपल्टै उप्कियो कालोपत्रे, पुनः</span> <span class='c2'>कालोपत्रे गर्नुपर्ने स्थानीयको माग</span>

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ मा २४ घण्टा नबित्दै सडक कालोपत्रे उप्किएको छ । पौडेल चौकदेखि पिङडाडा जोड्ने सडक अघिल्लो दिन पिच गरिएकोमा भोलिपल्टै उप्किएको हो ।

कालोपत्रे उप्किएपछि निर्माणमा गुणस्तरहिन काम भएको भन्दै स्थानियले विरोध गरेका छन् । पौडेल चौकदेखि खड्ग श्रेष्ठको घरसम्म करिब २ सय मिटर पिच गरेको सडकको कालोपत्रे भत्केको हो । त्यसपछि निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको भन्दै स्थानीयवासीले विरोध गरेका हुन् ।

शुक्रबार साँझ गरेको कालोपत्रे विहान उप्किएको हो । सडकको बेस निर्माणमा कमसल कच्चा पदार्थ बढी प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको स्थानिय बताउँछन् । पिच सडक निर्माणमा कमसल सामग्री प्रयोग गरिएकाले कालोपत्रे गरिएको २४ घण्टा बित्न नपाउदै उप्किएको स्थानिय खगेन्द्र बराईलीले बताए ।
मापदण्ड अनुसार गुणस्तरीय काम नभएकोले स्थानिय तहले प्राविधिसहितको टोली आएर गुणस्तरहिन काम भएको ठाउँमा पुनः निर्माण गरिनुपर्ने स्थानियको माग छ । राम्रोसँग प्राइमर र सवबेस पनि मिलाएर नगर्दा कालोपत्रे उप्किएको स्थानियको भनाई छ ।

कानेपोखरी गाउँपालिका इन्जिनियर रन्जन निरौलाले गुणस्तरीहन काम भएको ठाउँमा ठेक्कदारले पुनः निर्माण गर्नुपर्ने बताए । ‘पिच सडक निर्माणको क्रममा खराबी आएको ठाउँमा भत्काएर पुनः पिच गरिनुपर्दछ । ठेक्केदारले गाउँपालिकालाई सडक हस्तान्तरण गरेको १३ महिनासम्म पनि कुनै ठाउँमा खराबी आए पुनः र्ममतको काम हुने उनले बताए ।
निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर बिमल निरौलाले मापदण्ड भन्दा बढी कच्चा पदार्थको प्रयोगले पनि कहिलेकाही समस्या आउने गरेको बताए । मापदण्डभित्रको अधिकांश क्षेत्रमा राम्रो काम भएको भएपनि आफू बाहिर हुँदा कामदारको लापरबाहीका कारण केही क्षेत्रमा समस्या देखिए सुधार गर्ने उनले बताए ।

पौडेल चौकदेखि पिङडाडासम्म १.७ किलोमिटर पिच सडक निर्माण गर्ने ठेक्का ९६ लाख ४६ हजार रुपैयाँमा मोरङको रतुवामाइ नगरपालिकामा रहेको वीर निर्माण सेवाले पाएको हो । गत वर्ष सम्झौता भएर चालु आर्थिक वर्षको असार मसान्तसम्ममा निमार्ण सम्पन्न गरिनुपर्ने थियो । तर, कोभिड १९ को कारणले तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको भन्दै पाँच महिनाको म्याद थप गरि पुस महिना भित्रमा पिङडाडासम्म पिच सडक बनाइसक्नुपर्ने कानेपोखरी गाउँपालिकासँग भएको सम्झौतामा उल्लेखछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्