मुगुका आगलागी पीडितलाई सहयोग

मुगुका आगलागी पीडितलाई सहयोग

मुगुका आगलागीपीडित परिवारलाई रु आठ लाख बढीको सहयोग हस्तान्तरण गरिएको छ ।

मनकारी केही गैरसरकारी संस्था र व्यक्तिको सहयोगबाट प्राप्त खाद्यान्न तथा लत्ताकपडा लगायतका सामग्री आगलागीपीडितलाई शनिबार हस्तान्तरण गरिएको हो । गत कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागीमा २१ घर जलेर खरानी भएका थिए भने ती घरमा व्यवसाय गर्दै र भाडामा बस्दै आएकाहरूको व्यापारी तथा घरायसी सामान गरी रु.३५ करोड बढीको क्षति भएको थियो । आगलागीपीडित परिवारमध्ये हाल आठ परिवार प्रदेश सरकारले उपलब्ध गराएको पालमा र अन्य व्यक्ति बजारमा भाडामा बस्दै आएका छन् ।

सहयोग हस्तान्तरण गर्न पीडितपरिवार बसेको पालमै पुगेका ददिराम कुमाई, मनमान बुढा र रजनी भामले सङ्कलित सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा ८३ परिवारलाई प्रतिपरिवार ३० केजी चामल, कम्बल र म्याट वितरण गरिएको थियो ।

छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले पीडित परिवारलाई जिन्सी र खाद्यान्नभन्दा अब घर निर्माणमा सहयोग पुग्ने निर्माण सामग्री र नगद सहयोगमा दाता तथा सरकारले प्रदान गर्न आग्रह गर्नुभयो ।

दावाछिरिङ लामाबाट रु.२० हजार, दावाछिरिङ जिग्मे तोर्चे लामाबाट रु.२० हजार, खारीगाउँका १३ घरबाट रु.२७ हजार, मनमान बुढाबाट रु.२० हजार बराबरको बत्ती सहयोग प्रदान गर्नुभएको थियो । यसैगरी एनसिएनएफ, एनसिएफ नेपालको रु आठ लाख बराबरको कम्बल, चामल र म्याट सहयोग गर्नुभएको समाजसेवी रजनी भामले जानकारीदिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्