मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु

<span class='c1'>मोटरसाईकल दुर्घटनाबाट</span> <span class='c2'>चालकको मृत्यु</span>

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका ४ भित्रि सडक खण्ड डिबिएम बोडिङ छेउमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा धुलाबारी घर भई हाल ईटहरी उपमहानगरपालिका वडा ६ बस्ने २२ बर्षीय रोशन बिश्वकर्मा रहेका छन् । शनिबार राती करिब ९:३० बजे पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे१प ५५९० नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक रहेका बिश्वकर्मा गम्भिर घाईते भएका थिए । उनको उपचारको लागी धरान स्थीत घोपा पुर्‍याउन साथ मृत्यु भएको हो ।

घटना बारेमा इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्