बढ्दै छ कोरोना संक्रमितको संख्या, पूर्व तयारीमा जुट्दै स्थानीय प्रशासन र प्रदेश सरकार

<span class='c1'>बढ्दै छ कोरोना संक्रमितको संख्या, पूर्व तयारीमा</span> <span class='c2'>जुट्दै स्थानीय प्रशासन र प्रदेश सरकार</span>

विराटनगर । कोरोनाको नयाँ भरियन्टको संक्रमण बढ्नसक्ने संभावनालाई आंकलन गर्दै पूर्व तयारीका कामहरु सुरु गरिएको छ । प्रदेश १ मा सामान्यस्थितिमा पुग्न लागेको अवस्थाबाट पुनः सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि जिल्लागत रुपमा तयारी थालिएको हो । प्रदेशमा कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उपायबारे स्वास्थ्य क्षेत्रका अधिकारीहरुको समिक्षा बैठक समेत विराटनगरमा चलिरहेको छ । स्वास्थ्य निर्देशानालय धनकुटाका खोप अधिकृत उदेश श्रेष्ठका अनुसार अहिलेसम्मको स्थितिको समिक्षा गर्दै भावी योजना बनाउने काम सुरु गरिएको हो ।

प्रदेश १ मा हालसम्म नयाँ भेरियन्टको ओमिक्रोन संक्रमित फेला परेका छैनन् । तर, स्वास्थ्य अधिकारीहरुले भने सीमामा कडाई र परिक्षणकाे दायरामा बढाउनुपर्ने बताउँदै आएका छन् । त्यस बाहेक स्वास्थ्य सुरक्षाका विधिलाई पालना गराउन कडाई गरिनुपर्ने सुझाव स्वास्थ्य अधिकारीहरुको छ ।
प्रदेशस्तरमा खोपको कार्यक्रमलाई व्यापक बनाउने कुरालाई ध्यानमा राखेका छौं, खोप अधिकृत श्रेष्ठले भन्नुभयो–खोपले यो संक्रमणबाट जोगाउन सक्छ ।
सक्रिय सङ्क्रमण दर बढ्नसक्ने संभावनालाई ख्याल गर्दै मोरङमा जिल्लास्थित कोभिड क्राइसिस मेनेजमेन्ट समितिको आइतबार बैठक बसिरहेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आजै बसेको बैठकका निर्णय केहिबेरपछि सार्वजानिक गरिने बताउनुभयो ।
प्रदेशमा पछिल्लो एक साताको अवधिमा ११७ सक्रिय सङ्क्रमित रहेको थियो । हिजो शनिबारसम्म आइपुग्दा १९२ पुगेको छ । बृद्धिदर सुस्त देखिएपछि अस्पताल भर्ना हुने सङ्क्रमितको दर पनि बढ्दै गएको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार शनिवार प्रदेश भरी जम्मा १ सय ६८ जनाको मात्र पीसीआर परीक्षण गरिएकोमा ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश सरकारले यसअघि दैनिक १ सयको हाराहारीमा मात्र पीसीआर परीक्षण गर्दै आएको थियो । परीक्षणको दायारा साँघुरो भएका कारण संक्रमितको संख्या न्यून भएको बुझाई रहँदै आएको छ ।
प्रदेशमा न्यूनसंख्यामा पीसीआर परीक्षण गर्दा पनि सङ्क्रमित दरको ग्राफ बिस्तारै बढेको देखिएकोले पूर्व तयारीमा प्रदेश सरकार र जिल्लास्थित स्थानीय प्रशासन जुटेका छन् । शहरी क्षेत्रमा संक्रमितको संख्या बढ्दै गएको पछिल्लो तथ्यांकले देखाएको छ । एक–दुई गर्दै क्रमशः संख्या बृद्धि हुँदै जाँदा त्यसको जोखिम पनि बढ्दै जाने भएकाले सचेतनाका लागि समयमै ध्यान केन्द्रीत गर्न थालिएको हो । अहिले मेची प्रादेशिक अस्पताल विराटनगरको कोशी अस्पताल र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पीसीआर परीक्षण हुँदै आएको छ । त्यसै गरी पूर्वी नेपालका प्रमुख दुई नाका काँकडभिट्टा र विराटनगरको रानी नाकामा एन्टिजेन परीक्षण गर्ने काम हुँदै आएको छ ।

कोरोना सङ्क्रमणको दर बढेसँगै प्रदेशमा रहेको अस्पतालहरूमा उपचारका लागि भर्ना हुने क्रम पनि बिस्तारै बढेको छ । प्रदेशका रहेका मेची प्रादेशिक अस्पताल, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रमा बिरामीहरू भर्ना हुने क्रम बढेको छ ।
सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार हाल यी अस्पतालमा १२ जना सङ्क्रमित उपचारका लागि भर्ना भएका छन् । अस्पताल भर्ना भएका मध्ये सात जना आईसीयूमा उपचाररत छन् भने तीन जना भेन्टिलेटर दुई जना एचडीयूमा उपचाररत छन् ।
मन्त्रालयको एक साता अगाडीको तथ्याङ्कमा कुल १ सय १७ सङ्क्रमित मध्ये ८ जना मात्र अस्पतालमा उपचाररत थिए । जसमा आइसियुमा दुई, भेन्टिलेटरमा तिन र एचडीयूमा तीन जना उपचाररत थिए । तर पछिल्ला एक सातामा अस्पताल भर्ना हुने क्रम बढेसँगै यो सङ्ख्या १२ पुगेको मन्त्रालयले जनाएको छ । अन्य सङ्क्रमित १८१ जना होम आइसोलेशनमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्