नोबेल प्रशासनको हर्कत : विद्यार्थी विरुद्ध व्यवसायी उचाल्दै

<span class='c1'>नोबेल प्रशासनको हर्कत :</span> <span class='c2'>विद्यार्थी विरुद्ध व्यवसायी उचाल्दै</span>

विराटनगर । नोबेल मेडिकल कलेज प्रशासनले आन्दोलतरत विद्यार्थीका विरुद्ध व्यवसायीलाई प्रयोग गरेको छ । एमबबिीएस अध्ययनका लागि भर्ना भएका विद्यार्थीसँग नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा रहेका बेला त्यस विरुद्धको प्रतिआन्दोलनमा व्यवसायीहरु उभिएका हुन् ।

विद्यार्थीको आन्दोलनविरुद्ध आइतबार बिहान व्यवसायीहरूले प्रदर्शन गरेका छन् । पुस दोस्रो सातायता आन्दोलनमा रहेका विद्यार्थीलाई विभिन्न दल निकट विद्यार्थी संगठनहरूले पनि साथदिदैं आएका छन् । विद्यार्थीको आन्दोलनलाई विद्यार्थीले नै साथ दिएपछि नोबेल प्रशासनले भने व्यवसायीलाई उतारेको हो । आइतबार बिहान पनि विद्यार्थीहरूले प्रदर्शन गर्ने तयारी गरिरहेका थिए । त्यही बेला व्यवसायीहरूले उनीहरु विरुद्ध आन्दोलन सुरु गरेका थिए । व्यवसायीले विद्यार्थीको आन्दोलनका लागि आफ्नो रोजीरोटी खोसिएको दावी गरेका छन् । उनीहरुले हस्पिटल परिसरमा आन्दोलन गर्न नपाईने जिकीर गरेका हुन् ।

मेडिकल कलेजमा तालाबन्दी हुँदा व्यवसायीलाई समस्या भएको बताएका छन् । आन्दोलनलाई राज्यका निकाय केन्द्रित बनाउनुपर्ने उनीहरुको माग छ । नोबेलका सञ्चालक सुनिल शर्माले मोरङका प्रमुख जिल्ला अधिकारी विरुद्ध सार्वजानिक अभिव्यक्ति दिईरहेका बेला औषधी व्यवसायीहरुले समेत आन्दोलन सिडिओ कार्यालय केन्द्रीत गर्नुपर्ने बताएका हुन् । आन्दोलनमा उत्रिने कतिपय औषधी व्यवसायीहरु प्रक्रिया पूरा नगरी नोबेल परिसरमा व्यवसाय सञ्चालन गरेर बिरामी ठग्ने गरेको आरोप लाग्नेहरु समेत रहेका छन् । अनुगमनमा पुग्दा सटर तानेर भाग्नेहरुले विद्यार्थीको आन्दोलन विरुद्ध सडकमा निस्किएका छन् ।

नोबेल फार्मेसी समाजका सदस्य प्रकाश भट्टराईले विद्यार्थी आन्दोलनसँग आफूलाई कुनै सरोकार नभएको बताउँदै अस्पताल परिसर शान्त हुनुपर्ने दावी गरेका छन् । उनले आन्दोलनका कारण औषधी, होटल, सिटी सफारी र स्थानीय समाज समेत समस्यामा परेका कारण आफूहरुले स्वतःस्फूर्त आन्दोलनको विरोध जनाएको दावी गरेका छन् । हामीलाई नोेबेल प्रशासनले उचालेको छैन, स्वतःस्फूर्त आन्दोलन गरेका हौं, भट्टराईले भने–हाम्रो रोजीरोजी खोसिनु हुन्न ।

विद्यार्थी संगठनहरुले भने नोबेल प्रशासन विरुद्धको आन्दोलन नोबेलमै हुने बताएका छन् । आफ्नो आन्दोलन नोबेल प्रशासनसँग भएको बताउँदै विद्यार्थी संगठनहरुले नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले विद्यार्थीको आन्दोलन विथोल्न मान्छेहरु खटाएको आरोप लगाएका छन् । नोबेल प्रशासनले अनावश्यक हर्कत गर्न थालेपछि विद्यार्थीले समेत राजनीतिक दलका युवा संगठनहरुलाई समेत आन्दोलनमा सहभागी हुन आह्वान गर्ने भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्