स्वास्थ्य मापदण्ड पालना नगर्ने व्यावसायलाई मोरङ प्रशासनले ५ हजार जरिवाना गर्ने

<span class='c1'>स्वास्थ्य मापदण्ड पालना नगर्ने व्यावसायलाई मोरङ</span> <span class='c2'>प्रशासनले ५ हजार जरिवाना गर्ने</span>

विराटनगर । ओमिक्रोन भेरिएन्टको जोखिमलाई दृष्टिगत गर्दै मोरङ प्रशासनले स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने पसल तथा व्यावसायलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको छ ।

आईतबार बसेको जिल्ला कोरोना सुरक्षा व्यावस्थापन समितिको बैठकले माघ १ गतेदेखि लागु हुनेगरि यस्तो निर्णय गरेको हो । पौष ३० गतेसम्म जिल्लाभित्रका उद्योगधन्दा तथा कलकारखाना र पसल व्यावसायलाई सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्ने र उल्लङ्गघन गरेको पाईए माघ १ गतेदेखि जरिवाना गर्ने निर्णय गरिएको मोरङ प्रशासनका सुचना अधिकारी महेशराज तिम्सिनाले बताए । उनले कोभिडको नयाँ भेरिएन्टको जोखिमलाई दृष्टिगत गर्दै मास्क नलगाउने नागरिकलाई समेत १ सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए ।

आईतबार बसेको बैठकले खुल्ला बोर्डरका कारण भारतबाट कोभिडको संक्रमण फैलिनसक्ने बिषयलाई मध्यनजर गर्दै सीमाक्षेत्रमा पनि थप कडाई गर्ने निर्णय गरेको छ । नेपाल–भारतबिचको दोहोरो आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन सीमाक्षेत्रमा थप प्रहरी जनशक्ति परिचालन गर्ने निर्णय गरिएको मोरङ प्रशासनले जनाएको छ । प्रशासनका अनुसार भारतबाट नेपाल र नेपालबाट भारत जाने नागरिकको हकमा २४ घण्टाभित्रको पिसिआर परीक्षणको रिपोर्ट अथवा खोप लगाएको प्रमाण अनिवार्य गर्ने निर्णय गरिएको छ । खोप नलगाएका नागरिकको हकमा सीमाक्षेत्रमै खोप लगाउने व्यवस्था मिलाउने सहमति समेत गरिएको सुचना अधिकारी तिम्सिनाले बताए ।

प्रदेश १ मा पछिल्लो समय भने कोरोना संक्रमित बिरामीहरुको ग्राफ बढ्दै गएको सरकारी तथ्याङ्क छ । न्यून संख्यामा पिसिआर परीक्षण गर्दा पनि सङ्क्रमितको ग्राफ भने बढ्दै गएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणको दर बढ्न थालेसँगै प्रदेशका अस्पतालहरूमा उपचारका लागि बिरामी भर्ना हुने क्रमपनि बिस्तारै बढ्न थालेको छ । प्रदेश १ को मेची प्रादेशिक अस्पताल, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा बिरामीहरू भर्ना हुने क्रम बढेको सरकारी तथ्याङ्कले देखाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्