एमाले इलाम अध्यक्षमा बस्नेत, बागलुङमा केसी

एमाले इलाम अध्यक्षमा  बस्नेत, बागलुङमा  केसी

इलाम । नेकपा (एमाले) इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित हुनुभएको छ । उहाँले प्रतिस्पर्धी डा.देवी क्षेत्री दुलाललाई ६३० मतले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा उदय राई ,सचिवमा उमेश गुरुङ ,उपसचिवद्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य विजयी हुनुभएको छ । जिल्ला अधिवेशनमा ७६७ मत खसेको थियो । आठ सय छ प्रतिनिधि रहेकामा ३९ प्रतिनिधिले मत नखसालेको निर्वाचन कमिटीले जनाएको छ । मतगणना गए राति सम्पन्न भएको हो ।

एमाले बागलुङका अध्यक्षमा केसी

बागलुङ । बलेवा– नेकपा (एमाले) बागलुङका अध्यक्षपदमा हीराबहादुर केसी निर्वाचित हुनुभएको छ । कार्यबाहक अध्यक्षसमेत रहनुभएका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले ३२९ मत प्रप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी पाठकले २२८ मत पाउनुभयो अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले ३४ प्राप्त गर्नुभयो । उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।उपसचिवमा गणेशबहादुर थापा र डम्मर श्रीस विजयी हुनुभयो । थापाले गणेश २९९ र श्रीसले २२८ मत पाउनुभएको छ । उपसचिवमा छ जनाको प्रतिस्पर्धा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्