प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ

<span class='c1'>प्रतिवन्धित लागुऔषध सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

झापा ।झापाको मेचीनगर नगरपालिका वडा १० स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मेचीनगर वडा १० बस्ने ३२ बर्षीय बिक्रम प्रसाई र मेचीनगर वडा ९ बस्ने ४४ बर्षीय संजय खडका रहेका छन । आइतबार बेलुका करिब ४ बजे इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बिक्रम राईको घरको भान्सा कोठा भित्र बसिरहेको अवस्थामा दुवै जनालाई प्रतिवन्धित लागुऔषध ब्राउन सुगर ५ ग्राम, डिजिटल तराजु १ थान, नगद १९ हजार ५ सय रुपैँया सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका प्रसाई र खडकाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्