उदयपुरको त्रियुगामा न्युरोको बृहत स्वास्थ्य शिविर, ६ सय बिरामी लाभान्वित

उदयपुरको त्रियुगामा न्युरोको बृहत स्वास्थ्य शिविर, ६ सय बिरामी लाभान्वित

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटमा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

त्रियुगा नगरपालिका गाईघाट तथा त्रियुगा शान्तिधामको संयुक्त आयोजनामा भएको न्यूरोले एकदिने बृहत्त निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । शिविरमा ६ सय बिरामीले स्वास्थ्य परीक्षण गरेको कार्यक्रम संयोजक सुवास अधिकारीले बताए । शिविरमा न्यूरो हस्पिटलका १६ जना चिकित्सकहरुले बिशेषज्ञ सेवा प्रदान गरेका थिए । सम्बन्धित ठाउँमै पुगेर एउटै छानामुनी न्युरोका विशेषज्ञ चिकित्सकहरुले सेवा प्रवाह गरेपछि स्थानीय पनि दंग परेको कार्यक्रम संयोजक अधिकारीले जानकारी दिए ।

शिविरमा चिकित्सकको सिफारिस अनुसार बिरामकिो निःशुल्क सुगर परीक्षण, इसिजी, इको कार्डियोग्राफी, यूएसजी, इइजी र एनसिभी गरिएको थियो । शिविरमा निः शुल्क सेनिटाइजर, मास्क र फेसशिल्ड समेत वितरण गरिएको थियो । यस्तै बिरामीलाई आवश्यक पर्ने औषधी पनि शिविरमा निःशुल्क वितरण गरिएको थियो । शिविरमा अस्पतालले ३ लाखको औषधी निःशुल्क वितरण गरेको जनाएको छ ।
स्वास्थ्यको पहुँचभन्दा टाँढा रहेका बिरामीलाई लक्षित गरि अस्पतालले स्वास्थ्य शिविर आयोजना गरेको थियो । अस्पतालले यसअघि पनि विभिन्न ग्रामीण र पहाडी जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिसकेको छ ।

यसपटकको शिविरमा भने अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार बिष्ट, वरिष्ठ विशेषज्ञ न्यूरो सर्जन डा. यमबहादुर रोका, वरिष्ठ ईन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेश राज श्रेष्ठ, वरिष्ठ हाडजोर्नी बिशेषज्ञ प्रा.डा. नविन कुमार कर्ण, वरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ प्रा. डा. शैलजा क्षेत्री श्रेष्ठ, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रञ्जन थापा, वरिष्ठ बाल रोग विशेषज्ञ डा. सुरेश प्रसाद साह, वरिष्ठ विशेष रेडियोलोजिष्ट डा. पन्ना लाल शाह, वरिष्ठ आँखा रोग विशेषज्ञ डा. नारायणी रोका (भट्टराई), विशेषज्ञ अर्थोपेडिक सर्जन डा. अमित देव, वरिष्ठ फिजिसियन डा. रोहित यादव, विशेषज्ञ कार्डियोलोजिष्ट डा. राजन कर्ण, दन्तरोग विशेष डा. अमित प्रताव साह र फिजियोथेरापिस्ट डा. नविन चौधरीले शिविरमा सेवा प्रदान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्