कुण्डला भूपूविद्यार्थी समाजको पाँचौँ एक्सिलेन्सी अवार्ड तामाङ र खतिवडालाई

<span class='c1'>कुण्डला भूपूविद्यार्थी समाजको पाँचौँ एक्सिलेन्सी</span> <span class='c2'>अवार्ड तामाङ र खतिवडालाई</span>

कुण्डला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये शैक्षिक सत्र २०७८ को उत्कृष्ट छात्रा र छात्रलाई पाँचौँ ‘कुण्डला एल्मुनाई एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको छ । विद्यालयको ५९औँ वार्षिकोत्सवका अवसरमा आज कुण्डला भूपूविद्यार्थी समाजले उत्कृष्ट विद्यार्थीलाई उन्नति र प्रगतिको शुभकामनासहित सो अवार्ड प्रदान गरेको हो ।

कुण्डला भूपूविद्यार्थी समाजद्वारा स्थापित अक्षयकोषबाट आर्जित रकमबाट प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थीलाई ‘एक्सिलेन्सी अवार्ड’ प्रदान गर्दै आइएको छ ।

कार्यक्रममा समाजका सदस्य तथा पत्रकार टीकाराम तामाङले ऋचा खतिवडा र रञ्जन तामाङलाई अवार्डसहित शैक्षिक सामग्री प्रदान गर्नुभयो ।

सोही अवसरमा समाजका सचिव कञ्चन थापाले विद्यालय स्थापनाकालमा महत्वपूर्ण सहयोग गर्नुहुने स्व चन्द्रबहादुर थापा र टुलकुमारी थापाको स्मृतिमा स्थापना गर्नुभएको पुरस्कार पनि ‘अल्मुनाई’ मार्फत प्रदान गरिएको छ । यस वर्ष सुजन तामाङ र रञ्जु तामाङले सो पुरस्कार प्राप्त गरेका छन् ।

वार्षिकोत्सवका अवसरमा विद्यालयस्तरको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएको थियो । त्यस अवसरमा नेपाली कांग्रेसका नेता डा.रामशरण महत, कांग्रेस जिल्ला सभापति रमेश महत, शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा र लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव थापाले विद्यालयको वार्षिकोत्सवमा शुभकामना व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थापा र विद्यालयका प्रधानाध्यापक शम्भु यादवले भूपूविद्यार्थीलाई धन्यवाद दिँदै निरन्तर विद्यालयसँग सहकार्य गर्न आग्रह गर्नुभयो ।

समाज नुवाकोटको पञ्चकन्या–५ स्थित कुण्डला उच्च माविका भूपूविद्यार्थीको सक्रियतामा २०७० सालमा गठन गरिएको हो । संस्था स्थापना भएदेखि नै समाजले विभिन्न सरकारी एवं गैरसरकारी संस्थाको सहकार्यमा वित्तीय सारक्षरता, शैक्षिक सुधार एवं सामाजिक सुधारका कार्यक्रम गर्दै आएको छ । समाजका सदस्य तामाङले विद्यालयका विद्यार्थीको शैक्षिक उन्नतिका लागि समाजले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा त्यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै अक्षयकोष स्थापनामा सहयोग गर्ने कमलबहादुर तामाङलगायत समाजका सबै सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।

विद्यालयका शिक्षक रामहरि खतिवडाले सञ्चालन गर्नुभएको कार्यक्रममा २७ वर्षदेखि अनवरत सेवा गर्ने शिक्षक प्रेमबहादुर तामाङलाई बिदाइ गरिएको थियो भने विद्यालयमा कार्यरत कर्मचारी मधु पोखरेललाई सम्मान गरिएको थियो । सो अवसरमा विद्यार्थीलाई छात्रवृत्ति र पोसाक वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्