प्रदेश १ मा कोरोना संक्रमण दर ११ प्रतिशतले बढ्यो

प्रदेश १ मा कोरोना संक्रमण दर ११ प्रतिशतले बढ्यो

विराटनगर । स्वास्थ्य सुरक्षाका उपायहरु अबलम्बन नगर्दा प्रदेश नं. १ मा पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएको छ ।

हप्तादिन अघिसम्म मात्र ७ देखि ८ प्रतिशतमा रहेको संक्रमण दर पछिल्लो ४ दिनयता बढ्दै गएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले यसको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो ४ दिनको अवधिमा मात्रै प्रदेश १ मा कोरोनाका २५८ जना सक्रिय संक्रमितहरु थपिएका छन् । जसमा सबैभन्दा बढी मोरङमा १३८ जनामा संक्रमण देखिएको छ । प्रदेश १ को उदयपुर र धनकुटामा संक्रमण दर न्युन छ ।

पौष २३ गते प्रदेश १ मा ४६ जनामा कोरोनाको संक्रमण देखिएको थियो । तर, बढ्दो संक्रमण दरका कारण पौष २६ गते आईपुग्दा कुल ११३ जनामा संक्रमण पुष्टि भएको छ । पौष २३ गतेको कुल परीक्षणमा मात्र ८ प्रतिशतमा संक्रमण देखिएकोमा सोमबार १९ प्रतिशतमा संक्रमण पुष्टि भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी सदानन्द भट्टराईले बताए । उनले पछिल्लो ४ दिनको अवधिमा मात्रै प्रदेशमा कोरोनाको संक्रमण दर ११ प्रतिशतले बढेको जानकारी दिए ।

स्वास्थ्य सुरक्षाका उपाय अबलम्बनमा आम नागरिकको लापरवाही देखिँदा पौष २३ गते १६८ जना सक्रिय संक्रमित रहेको प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या ३०७ पुगेको छ । चारदिनमा मात्र १३९ जना सक्रिय संक्रमित थपिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्