सुदूरपश्चिम:बढ्यो सङ्क्रमण, १९४ मा पुष्टि

<span class='c1'>सुदूरपश्चिम:बढ्यो सङ्क्रमण, १९४</span> <span class='c2'>मा पुष्टि</span>

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । आज थप १९४ मा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ७१३ जनाको नमूना परीक्षण गर्दा १९४ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआरमार्फत ३९ र एन्टिजेनमार्फत १५५ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ३१, महाकाली अस्पतालमा छ, जिल्ला अस्पताल बैतडीमा दुई र एन्टिजेनमार्फत कैलालीका ७७, कञ्चनपुरका ७४, दार्चुलाका दुई, बैतडी र डोटीका एक-एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा प्रदेशभर पाँच निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि सोमबार यस प्रदेशमा १५९ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच निको भएका थिए भने आइतबार ६२ जनामा पुष्टि भएको थियो । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्