विराटनगर । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । निरन्तर भीडभाडको सम्पर्कमा रहनु भएका पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको हो ।
गत पुस २३ गते नेकपा एमाले मोरङको जिल्ला अधिवेशन उद्घाटन भएको थियो । पदाधिकारी छनौट टुङ्गो लागिसकेपनि सदस्य छनौट टुङ्गिनसकेको अधिवेशनको दौरानमै अध्यक्ष पोखरेल संक्रमित हुनु भएको हो ।
नेपका एमालेका नेता एवं प्रदेश सचिव बिनोद ढकालले अध्यक्ष पोखरेलसहित केहि नेतामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । अहिले धेरैजनालाई ज्वरो आएको खबर छ, नेता ढकालले भन्नुभयो ।