शुक्लाफाँटामा नगर अस्पताल निर्माण सुरु

<span class='c1'>शुक्लाफाँटामा नगर अस्पताल</span> <span class='c2'>निर्माण सुरु</span>

शुक्लाफाँटा नगरपालिका–४ असैनामा नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको छ । दस शय्याको नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको हो ।

नगरपालिकाका इन्जिनियर दीपक धामीका अनुसार रु.६ करोड २४ लाखको लागतमा ठेक्का प्रक्रियामार्फत अस्पताल भवन निर्माणको काम अगाडि बढाइएको छ । एमके विल्डर्स र निरज कन्सट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ । “भवन निर्माणका लागि कूल बजेट रु.१० करोड ८३ लाख रहेको थियो”, उहाँले भन्नुभयो, “घटाघटीमा निर्माण कम्पनीले रु.६ करोड २४ लाखमा ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाएको छ ।”

भवन निर्माणका लागि फाउन्डेसन राख्ने कार्य पूरा हुन लागेको छ । उहाँका अनुसार दुई वर्षभित्र भवन निर्माण सक्नुपर्ने सम्झौता रहेको छ । सोहीअनुरुप कार्य भइरहेको छ । अस्पतालमा ठेक्का सम्झौताअनुसार पाले घर, स्वास्थ्यकर्मी बस्ने आवास, पर्खाल, शौचालय र गेट निर्माण हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्