विराटनगरसहित प्रदेश १ मा ओमिक्रोन संक्रमित फेला

विराटनगरसहित प्रदेश १ मा ओमिक्रोन संक्रमित फेला

विराटनगर । विराटनगरसहित प्रदेश १ मा समेत ओमिक्रोन संक्रमण फैलिएको छ । जसका कारण प्रदेश १ मा संक्रमितको संख्या तिव्र रुपमा बढ्दै गएको पाइएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा जनस्वास्थ्य अधिकृत ओमकुमार राजबंशीका अनुसार विराटनगरसहित प्रदेश १ मा ओमिक्रोन संक्रमित फेला परिसकेका छन् ।

संख्या यकिन भईसकेको छैन, तर देशैभरमा फैलिएको ओमिक्रोन विराटनगरसहित प्रदेश १ मा समेत फेला परेको हो, अधिकृत राजबंशीले भन्नुभयो । ओमिक्रोन संक्रमण फैलिएसँगै प्रदेश १ मा आज १ बजेसम्म संक्रमित सख्या २०० जना पुगिसकेको छ । केहिबेरमा मन्त्रालयले आजको औपचारिक तथ्यांक सार्वजानिक गर्ने भएको छ ।

डेल्टा हो की ओमिक्रोन भनेर केहि स्याम्पल राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो । परीक्षण गरिएका स्याम्पलमा ओमिक्रोन संक्रमण देखिएको अधिकृत राजबंशीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्