विराटनगरमा ११९ सहित प्रदेश १ मा २७२ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगरमा ११९ सहित प्रदेश १ मा २७२ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । विराटनगरमा ११९ सहित प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७३४ जनाको पिसिआर र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः २३३ र ३९ जनामा संक्रमण पुष्टि भएको हो । पिसिआर परीक्षणका आधारमा मोरङमा १४५, सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा १–१ तथा प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी विराटनगरमा ११९ जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यसपछि बुढीगंगामा १३, सुनबर्षीमा ३, बेलबारीमा ३, उर्लाबारीमा २, कटहरीमा १, धनपालथानमा १, रतुवामाईमा १, धरानमा १६, इटहरीमा ११, इनरुवामा ५, रामधुनीमा २, बर्जुमा १ र दुहवीमा १ जनामा संक्रमण देखिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा स्थानीय तह नखुलेका ३, झापाको मेचीनगरमा २०, बिर्तामोडमा ५, भद्रपुर र कन्काईमा २–२, अर्जुनधारा र दमकमा १–१, भोजपुरको षडानन्द र पाँचथरको फिदिममा १–१ तथा प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांक छ ।

तथ्यांक अनुसार प्रदेश १ मा आज २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १० महिला र १२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या ५९७ पुगेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्